आज पनि बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज पनि सुनको मूल्य आज पनि बृद्धि भएको छ । आज सुन तोलामा ५ सयले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।हिजो चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
यो पनि:- राति अबेर सम्म निन्द्रा नलागे अपनाउनुस यी उपाय
हाम्रो शरीरमा निन्द्रा अत्यन्त आवश्यक छ । निन्द्राले थकानयुक्त शरीरमा आराम दिलाउँछ । दिनभरी चलायमान भएको शरीरलाई आराम दिन रातमा निदाउने गरीन्छ ।शरीरको थकान हटाउन चाहिने आराम पर्याप्त निन्द्राले मात्र पुर्याउँछ । त्यसलै मानिस निदाउन आवश्यक हुन्छ । एक स्वस्थ मानिसलाई ६ देखि ८ घण्टा निदाउनु पर्दछ ।आजकल मोबाइल, टेलिभिजन लगायतका सामाग्रीको प्रयोग र तनावका कारण अबेर रातिसम्म मानिसहरु निदाउदैनन् । यदि अबेर रातीसम्म निन्द्रा नलागेमा यी उपाय अपनाउनु पर्दछ ।

१. अबेर रातिसम्म निन्द्रा नपर्ने समस्या भएमा सुत्ने कोठा एउटै पार्नुहोस् ।२. निदाउन प्रयोग गरिने कोठामा बस्ने, पढ्ने वा छलफल गर्न बन्द गर्नुहोस् ।३. रातमा सुत्नुअघि कोठाको वातावरण शान्त र अध्यारो पार्नुहोस् ।४. सम्भव र अनुकुल महशुस भए आखाँ छोपेर सुत्नुहोस् ।

५. मोबाइल, टेलिभिजन वा आवाज आउने यन्त्र अफ गरेर सुत्नुहोस् ।६. सुत्ने डसना धेरै मोटो वा बिझाउने गरी पातलो हुनु हुदैन ।७. विवाहिताहरुले सुत्नुअघि शारीरिक सम्बन्ध राखे निदाउन सघाउ पुर्याउँछ ।८. सुत्ने समयलाई निश्चित गर्नुहोस् साथै उठ्ने समय पनि एउटै पार्नुहोस् ।

९. निन्द्रा पर्न खोजेन भने किताब पढ्ने, सुमधुर गीत, धुनहरु सुन्नु उपयुक्त हुन्छ ।१०. बेलुकीको खानामा चिल्लो, पिरो नखानुहोस् ।११. दिउँसोको खाजापछि कफी नखानुहोस् ।अनिन्द्रा निराशाको रोग अर्थात डिप्रेसनसँग जोडिएको हुन्छ । त्यसैले अबेरसम्म निन्द्रा नलागेमा डिप्रेशनको रोगको सुरुवाती लक्षण हुनसक्छ । तसर्थ यसबारे चिकित्सकको परामर्श लिनुहोस् ।

प्रतिक्रिया दिनुहोस