काखीमा पसिना आएका कारण लज्जित हुनुहुन्छ ? यसरी पाउनुहोस् छुटकारा

काठमाडौँ,काखीको छाला शरीरको अन्य स्थानको छालाभन्दा धेरै संवेदनशील हुन्छ। यो ठाउँको छालाको स्वच्छता र सुरक्षाको लागि हामीले विशेष ध्यान दिनु जरुरी हुन्छ। अनुहार र शरीरको बाँकी भाग जस्तै काखीको सुरक्षा र स्वच्छताबारे ध्यान दिनु र यसको हेरचाह महत्वपूर्ण हुन्छ।

काखीको छाला हामीले हात माथि उठाउँदाबाहेक अरु समय हातले छोपिएर बसेको हुन्छ । यसको अर्थ यो हो कि यो ठाउँमा पर्याप्त मात्रामा पसिना सञ्चित हुने गर्छ।एउटा सेतो सर्ट लगाएर निस्किएको मान्छे साँझ घर आउँदा अन्यत्र फोहोर भए पनि नभएपनि काखीमा भने फरक रंगको फोहोर पक्कै पनि देखिन्छ।

कतिपयको काखीमा रौं हुन्छ, त्यसले झनै धेरै पसिना सिर्जना गरेर काखीलाई फोहोर गर्न सक्छ। कतिपयको काखीमा अनावश्यक कालो दाग लागेको देखिन्छ।यो कहिलेकाहीँ मृत छालाको कोषका कारण हुन्छ भने कहिलेकाहीँ अत्यधिक पसिनाका कारण पनि हुने गर्छ। कसैकसैमा यस्तो समस्या पुख्र्यौली समस्याको रुपमा पनि देख्न सकिन्छ । कहिलेकाहीँ त्यस्तो कालो दागले केही रोगको संकेत समेत गर्छ।

यी सबै कारणहरूको बाबजुद कतिपय महिलाहरुले काखी सम्बन्धी समस्या भोग्नुपरेको छ । कतिपयको काखीमा पसिना गनाउने समस्या हुन्छ । जसको लागि केही उपायहरु अपनाउन सकिन्छ ।काखीबाट आउने गन्धलाई नियन्त्रण गर्नको लागि काखीको रौ खौरिने प्रवृत्तिको विकास हुँदैछ । तर वास्तविकतामा यो एक धेरै प्रभावकारी विधि हो, यसैले पछिल्लो समय लोकप्रियता प्राप्त गर्दैछ । कतिपयले काखीबाट आउने गन्ध पसिनाबाट आउँदैन भनेर दाबी पनि गर्छन् ।

किनभने पसिनाको आफ्नै गन्ध हुँदैन । काखीमा आउने पसिना पहिले नै त्यहाँका ब्याक्टेरियासँग मिसिएर त्यसले नयाँ गन्धको विकास गर्छ । त्यसपछि आउने गन्ध सहन गर्न गाह्रो हुन्छ । यदि तपाईंले त्यस क्षेत्रमा रहेका ब्याक्टेरिया वा मृत कोषिका सफा गर्नुभयो भने काखीबाट आउने गन्धलाई नियन्त्रण गर्न सकिन्छ।

काखीको रौंलाई खौरिएर ब्याक्टेरिया मारेपछि बिस्तारै मृत छालाका कोषहरू पनि हटाउनु पर्छ । यो उपाय दिनभर काखीबाट आउने दुर्गन्धलाई कम गर्ने र सुगन्ध दिने उत्तम तरिका हो।यसले ब्याक्टेरियालाई मात्र शुद्ध पार्दैन छालाको स्तर बढाउने काममा पनि भूमिका खेल्छ । जसले अधिक पसिना नियन्त्रण गर्न र ताजापन बढाउन पनि भूमिका खेल्छ।

यदि तपाईंले काखीको रौं खौरिनुभयो भने जसमा अल्फा हाइड्रोक्सी एसिड वा बिटा हाइड्रोक्सी एसिड जस्ता सक्रिय तत्वहरू पाइन्छ । यसले हाम्रो काखीको समस्याबाट छुटकारा पाउन मद्धत गर्छ । यसले काखीमा देखिने कालो दागलाई कम गर्न पनि मद्धत गर्छ।

प्रतिक्रिया दिनुहोस