टोकियोमा चिनियाँ दूतावास बाहिर १०० भन्दा बढी अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरे

टोकियो । प्रदर्शनकारीलाई जापानस्थित तिब्बती, उइघुर, दक्षिण मंगोलियाली र हङकङमा बसोबास गर्ने प्रवासी हङकङका प्रतिनिधिले साथ दिएका थिए । बेइजिङमा “ओलम्पिक” को उद्घाटन समारोहको बेला भेला

भएका कार्यकर्ताहरूले बेइजिङ शीतकालीन ओलम्पिकको निन्दा गर्दै चीनका सबै भागहरू, विशेष गरी देशका जातीय अल्पसंख्यक क्षेत्रहरूमा मानव अधिकारको सम्मान गर्न आह्वान गर्दै नारा लगाए ।

शान्तिपूर्ण रुपमा रहेका सहभागीहरूले दिउँसो टोकियोका महत्वपूर्ण भागहरूमा चीनद्वारा भइरहेको गम्भीर मानवअधिकार उल्लङ्घन र त्यस देशका जातीय अल्पसंख्यकहरूको दुर्दशाको बारेमा चेतना जगाउँदै विरोध जुलुस पनि निकाले।

उक्त कार्यक्रमको मुख्य आयोजक जापानी अधिकारकर्मीले शीतकालीन ओलम्पिकमा आफ्नो टिमको जयजयकार गर्न सबैलाई आग्रह गरे । तर, चीन भित्रका उत्पीडित जनताका लागि आँशु झार्न पनि आग्रह गरे ।

सन् २०२२ को शीतकालीन ओलम्पिक फेब्रुअरी ४ देखि २० सम्म बेइजिङमा हुनेछ। अमेरिका, ब्रिटेन र क्यानडा यस खेलको कुटनीतिक बहिष्कार को घोषणा गरेका देशहरु हुन्।

प्रतिक्रिया दिनुहोस