सानी छोरीलाई गुडिया ल्याईदिएर आउछु भन्दै साउदी गएका केशव डेढ महिनामै काठको बाकसमा फर्किए

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० निवासी ३३ बर्षीय केशवप्रसाद महतो यस अघि पनि कतार, मलेसिया लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि नगएका होइनन् ।वैदेशिक रोजगारीले उनको परिवार राम्रै चलेको थियो ।

पछिल्लो पटक उनी डेढ महिना अघि वैदेशिक रोजगारीका लागि साउदी अरबिया गए ।बीचको समयमा उनी नेपाल फर्किएर नेपालमै केही काम गर्ने भनेर स्थानीय स्तरमा इट्टा भट्टामा मजदुरी पनि गरेका थिए । तर संक्रमणको जोखिमका कारण बढ्दै गएको काम पाउनै मुस्किल बढ्दै गएपछि उनी पुन परिवारको खुसीका लागि विदेश गएका थिए ।

फेसबुकमा पछ्याउनुहोस्

तर, यस पटकको वैदेशिक रोजगारीको यात्रा भने उनको सुखद भएन । साउदी अरब गएको डेढ महिनामै उनको निधन भयो ।केशब साउदी पुगेको डेढ महिनामै सुतेकै अबस्थामा मृत भेटिएका थिए ।रोजगारीको शिलशिलामा साउदी अरेबिया गएको डेढ महिनामा ज्यान गुमाएका कावासोतीका एक युवाको शब झन्डै एक महिनापछि घर आइपुगेको छ ।कावासोती दश मगरकोट का केशब प्रसाद महतोको शब सोमबार घर आइपुगेको हो । केशब साउदी पुगेको डेढ महिनामै सुतेकै अबस्थामा मृत भेटिएका थिए ।

सोमबार केशब को शव बाकसमा आइपुग्दा पुरै गाउँ नै शोकमग्न अबस्थामा थियो । ३३ बर्षीय केशब प्रसाद महतोको दुइ छोरीहरु छन् भने सोमबारनै उनको अन्त्यस्टी गरिएको छ ।उनका छोरीहरु कक्षा ४ र नर्सरी अध्ययनरत छन् ।केशब प्रसाद महतोको शव ल्याउनको लागि हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) द्वारा सन्चालित सुरक्षित आप्रबासन परियोजना मार्फत सहजिकरण गरेको थियो ।

क्षतिपूर्तिको लागि बैदेशिक रोजगार बोर्ड र इन्स्योरेन्स कम्पनीसँग कागजपत्रको प्रक्रिया अगाडि बढाईएको परियोजना सम्योजक रितुराम सोति थापाले बताए ।साउदीका एक होटलमा कार्यरत महताको पुस २२ गते खाना खाइसकेपछि सुतिरहेकै अवस्थामा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस