कच्चा घरमा बस्ने गरिब परिवारलाई १ लाख ३१ हजार भन्दा धेरैको बिजुलीको बिल पठाएपछि…

काठमाडौं,कच्चा घरमा बस्ने गरिब परिवारलाई विद्युतको १ लाख ३१ हजार भन्दा धेरैको बिल पठाइएको छ ।भारत, राजस्थानको भीलवाडा जिल्लामा विद्युत विभागको एउटा अनौठो उपलब्धी सार्वजनिक भएको हो ।

विभागले कच्चा घरमा बस्ने गरिब परिवारलाई भारु ८२ हजार २५८ रुपैयाँको बिल हस्तान्तरण गरेको छ ।गत महिना पनि सात हजारभन्दा बढीको बिल आएको थियो । यस झुपडीका मालिकले करिब एक वर्षअघि आफ्नो मिटर बदल्न आग्रह गरिसकेका छन् ।

अहिले लगातार विद्युत् महसुलको रकम देख्दा गरिब परिवारलाई ठूलो झट्का लाग्न थालेको छ ।अजमेर विद्युत वितरण निगमले भिलवाडा जिल्लाको गंगलास गाउँका लाला रेगरको नाममा लाखौं रुपैयाँको यो बिल पठाएको हो ।

यो देखेर लाला रेगरका छोरा रतन रेगर मात्र नभई सबै गाउँले अचम्ममा छन् । अहिले लाला रेगरका छोरा रतन रेगरले आफ्नो लाखौंको बिजुली बिल घटाउन विद्युत् संस्थान असिन्दको कार्यालयको चक्काजाम गरिरहेका छन् ।

रतन रेगरले आफ्नो कच्चा घरको दिनमा लाखौं रुपैयाँ बिजुलीको बिल आउने बताए । यसकारण बिजुली मिटरमा खराबी रहेको बताइएको छ ।गत वर्ष २०२१ अक्टूबर महिनामा पनि कच्चा घरको बिल भारु ७ हजार ८ सय रुपैयाँ आएको थियो ।उपभोक्ताले २० डिसेम्बर २०२१ मा विद्युत मिटर बदल्न आवेदन दिएका थिए,

त्यसको लागि रु ९०० जम्मा गरेका थिए । तर बिजुलीको मिटर नफेरेर यसपटक पनि ८२ हजार रुपैयाँको बिल आएको हो ।

प्रतिक्रिया दिनुहोस