११७ केजी तौलकी ब्रिटनी जेक्सको प्रेममा ब्रेकअप (फोटोफिचर)

एजेन्सी । प्रेम सम्बन्धलाई सुमधुर बनाइराख्न धेरै कुराहरुको ख्याल गर्नुपर्छ । यसका लागि निश्वार्थ र साँचो प्रेम भाव हुनुपर्ने तर्क गरिन्छ । यसो हुँदा हुँदै पनि कहिलेकाहीं प्रेम सम्बन्ध असफल पनि हुन पुग्छ ।

यस्तै एक घटना क्यानडामा भएको छ । क्यानाडाको ओन्टारियो निवासी २३ बर्षीया युवती ब्रिटनी जेक्सको जीवनमा पनि यस्तै घटना भएको छ । ब्रिटनीको प्रेम सम्बन्ध असफल हुनुको मुख्य कारण उनको बढ्दो तौल हो ।

प्रेममा ब्रेकअपको सामना गर्ने बेला ब्रिटनीको तौल ११७ केजी थियो । त्यसबेला उनका प्रेमी (ब्यायफ्रेंड) ले ब्रिटनीलाई तौल घटाउन डाइटिङ गर्न भनेका थिए । उनको बढ्दो तौल नघटाउने हो भने ब्रेकअप गर्ने चेतावनी समेत दिएका थिए । अन्तत्वगत्वा परिस्थिति यस्तो बन्यो कि ब्रिटनीको पहिलो प्रेम असफल बन्यो । त्यसबेला उनी निकै हतोत्साहित पनि भएकी थिइन ।

त्यसलगत्तै फेसबुकको माध्यमबाट ब्रिटनी जेक्सको भेट स्थानीय युवक मेट मोन्टोगोमरीसंग भयो । पेशाले उनी शारीरिक ब्यायामका प्रशिक्षक हुन । ब्रिटनी र मेट अहिले प्रेम सम्बन्धमा छन।यो जोडीको भनाइ अनुसार उनीहरुबीच पहिलो नजरमै प्रेम बसेको थियो । यद्यपी मेट मोन्टोगोमरीको तौल ब्रिटनी जेक्सको तुलनामा ठ्याक्कै आधा छ । कहिले काहीं यस बारेमा दुवैबीच ठट्टापूर्ण नोकझोंक पनि चल्छ ।

मेटसंग प्रेम सम्बन्धमा आउनु पूर्व आफ्नो बढ्दो तौलका कारण केही संकोच भएको ब्रिटनी जेक्सको अनुभव छ ।आफ्नो शरीरको तौल र आकार घटाउँदा आफैले आफुलाई प्रेम गर्न नसक्ने सोंच पनि ब्रिटनीको मनमा आयो । त्यसैले ब्रिटनीले तौल घटाउने विषयमा चिन्ता लिन छाडिदिइन ।

अहिले ११७ किलो तौल भएकी युवती ब्रिटनी जेक्स र त्यसको आधा तौल भएका युवक मेट मोन्टोगोमरीको जोडी सुमधुर प्रेम सम्बन्धमा छ । आफुहरुबीचको सम्बन्धलाई लिएर दुवै जना खुसी रहेको न्युज नोलेडियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस