स्वास्थ्यका लागि कुन नून राम्रो, बीरे कि सिधे ?

नूनले खानाको स्वाद बढाउने भएकाले सबैजना नून खान्छन् । बजारमा सेतो, सिधे र बीरे तीनथरी नून पाइन्छ । धेरैजना सेतो नून खान्छन् । तर सेतो नून स्वास्थ्यका लागि हानिकारक छ । त्यसको साटो बीरे वा सिधे नून खाने सल्लाह दिइन्छ । अब बीरे खाने कि सिधे ?

बीरे नून भनेको पहाडमा पाइने कालो नून हो । अंग्रेजीमा यसलाई रक सल्ट भनिन्छ । यसमा ८४ वटा प्राकृतिक खनिज र पोषक तत्त्व पाइन्छ । यसको सेवनले शरीर सुन्निएको, कब्जियत, पेट बाउँडिएको लगायतका समस्या भाग्छन् । यसमा ठिक्क मात्रामा आयोडिन हुनाले स्वास्थ्यलाई हानि पुग्दैन ।

सिधे नून समुद्रको नुनिलो पानीलाई बाफ बनाई उडाएर बनाइन्छ । यसको रंग हलुका हुन्छ । पोषक गुण हुनाले आयुर्वेदले पनि सिधे नून खाने सल्लाह दिन्छ । यसले शरीरलाई विषरहित बनाउने, श्वासप्रश्वासको समस्या हटाउने, उच्च रक्तचाप हुन नदिने, शरीर सुन्निन नदिने, इम्युनिटी बढाउने काम गर्छ ।

सोडियमको मात्रा बीरे र सिधे नून दुवैमा कम हुन्छ । त्यसैले स्वास्थ्यका लागि यी दुवै उपयोगी छन् । खानामा सोडियम बढी हुँदा उच्च रक्तचाप, मिर्गौला रोग र मुटुरोगको सम्भावना हुन्छ । तर दिनदिनै खानका लागि बीरे नून ठीक छैन । दिनदिनै खाँदा यसले पाचन प्रक्रियालाई अतिसक्रिय बनाएर पेटसम्बन्धी समस्या निम्त्याइदिन सक्छ ।

तर सिधे नून दिनदिनै खाँदा बेफाइदा गर्दैन । सामान्य नूनको साटो यसलाई उपयोग गर्न मिल्छ । यसले शरीरमा भएका हानिकारक ब्याक्टेरियासँग लडेर गम्भीर रोग लाग्न दिँदैन । तर यो नून पनि ठिक्क मात्रामा नै सेवन गर्नु सही हुन्छ ।

प्रतिक्रिया दिनुहोस