बलिउड अभिनेत्री जान्हवीलाई पहिरनले साथ नदिएपछि…

काठमाडौं । बलिउड अभिनेत्री जान्हवी कपुरले मनोरञ्जन जगतमा विस्तारै आफ्नो छुट्टै स्थान बनाइरहेकी छन् । पछिल्लो समय उनको भिडियोहरु भाइरल समेत भइरहेका हुन्छन् । अभिनेत्री जान्हवीलाई ट्रेन्डी हुन मनपर्छ ।

सोही कारण उनी कहिले काँही ‘उप्स’ मोमेन्टको शिकार पनि बन्दै आएकी छन् ।विषेश गरी जान्हवी कपूर आफ्नो विशेष ड्रेसिङ स्टाइलका लागि चिनिन्छन् । कयौं मानिसहरु उनको स्टाइललाई फलो समेत गर्ने गरेका छन् । तर, स्टाइलिश हुनु कहिले काँही भारी पनि हुनसक्छ ।

यसैबीच अभिनेत्री जान्हवी ‘स्टार भर्सेस फूड’मा पुगेकी थिइन् । जहाँ जान्हवीले पिंक कलरको जम्पसूट लगाएकी थिइन्, जुन स्किन टाइट थियो । उक्त पहिरनले जान्हवीलाई निकै सुहाएको पनि थियो । जान्हवीको उक्त जम्पसूटले सबैको ध्यान तानेको थियो ।

‘स्टार भर्सेस फूड’ शोमा पुगेकी जाह्नवी कपूरले खाना बनाउनु पर्ने थियो । सोही क्रममा उनी आफूले रोजेको ड्रेसमा निकै असहज देखिइन् । अभिनेत्रीको अफ शोल्डर जम्पसूट उनको लागि समस्या बन्यो । उनको पहिरनको घाँटी बारम्बार खसिरह्यो र अभिनेत्रीले बारम्बार सम्हालिरहिन् ।

जान्हवीका आगामी फिल्महरु… जान्हवी कपुरको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी चाँडै सिद्धार्थ सेन गुप्ताको निर्देशनमा बन्ने फिल्म ‘गुड लक जेरी’ मा देखिनेछिन् । यो कमेडी ड्रामा फिल्म हो । यो फिल्मलाई आनन्द एल राईले निर्माण गरेका हुन् । यसबाहेक उनी करण जोहरको फिल्म ‘दोस्ताना २’ मा पनि देखिने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस