कस्तो अनौठो प्रथा, आखिर किन सारी लगाएर पूजा गर्छन् पुरुषहरू ?

एजेन्सी, हिन्दु धर्ममा ईश्वर पुजाका विषयमा विभिन्न परम्परा तथा पद्धतिहरू प्रचलित छन् । कतिपय परम्पराहरु निकै अनौठा लाग्दछन् । त्यस्तै एउटा परम्परा भारतको पश्चिम बंगालको हुगली जिल्लामा प्रचलित छ ।

हुगलीको चन्दन नगरमा प्रचलित उक्त परम्परा अनुसार पुरुषहरूले सारी लगाएर देवीको पूजा गर्दछन् । चन्दननगरमा पछिल्लो २२९ वर्षदेखि यो परम्परा चल्दै आएको छ ।हरेक वर्षजस्तै यो वर्ष पनि चन्दन नगरमा त्यो परम्परा निभाइएको छ । त्यस क्रममा पुरुषहरूले सारी लगाएर सिन्दूर र पानले जगधात्री माताको पूजा गर्दछन् । तर घरकी महिलाहरूले भने पूजा गर्दैनन् ।

बांग्ला संस्कृतिमा सदियौँ देखि देवीको पूजा महिलाहरूले गर्दछन् । तर गजधात्रीको पुजाका बेला भने अनौठो दृश्य देखिन्छ । १३ जना पुरुषले एकसाथ सारी लगाएर तथा शिरमा फेटा लगाएर जगधात्रीको पूजा अर्चना गर्दछन् ।

स्थानीयहरूका अनुसार अंग्रेज शासनका बेला २२९ वर्षअघि यो चलन चलेको हो । अंग्रेज अंग्रेज शासनका बेला बेलुकी अँध्यारो भएसँगै महिलाहरू घर बाहिर निस्किन डराउँथे । त्यसैले बेलुकी महिलाले गर्नुपर्ने पूजाहरू पुरुषले सारी लगाएर गर्न थाले । तत् पश्चात् यो परम्पराकै रुपमा कायम भयो र अद्यापि चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस