विश्वकै ठूलो नितम्ब भएकी महिला भन्छिन्ः केटाहरु मसँग डेटिङ जान डराउँछन्

काठमाडौं। सर्बियाकी नतासा क्राउन विश्वकै सबैभन्दा ठूलो नितम्ब भएकी महिला हुन्।२७ वर्षकी उनले २४ वर्षमा ठूलो नितम्ब भएकै कारण गिनिस बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएकी थिइन्।

२० वर्षको हुँदादेखि उनले नितम्बको सर्जरी गराउन थालेकी थिइन्। हालसम्म उनले सर्जरीको लागि १ लाख ५० हजार अमेरिकी डलर खर्च गरिसकेकी छन्।नितम्ब ठूलो बनाउने उनको इच्छाले गर्दा भने हाल उनी प्रेमीविहीन छिन्।

उनका अनुसार केटाहरु उनीसँग डेटिङ जान डराउँछन्। ७ वर्ष अगाडिसम्म उनले कयौं पुरुषसँग डेट गरेकी थिइन्।तर जबबाट उनको शरीर ठूलो र भद्दा हुँदै गयो पुरुष उनीबाट टाढिँदै गए। यद्यपी विश्वमा कसैले उछिन्न नसक्ने रेकर्ड आफूले बनाउने उनको इच्छा छ।उनी नितम्बको आकार थप बढाउन चाहन्छिन्। ल्याड बाइबल

प्रतिक्रिया दिनुहोस