अभिनेत्री यस्तो पहिरनमा हिँडेपछि भनियो ‘सायद तिम्रो मानसिक अवस्था ठीक छैन’

काठमाडौं । उर्फी जावेद भारतीय टेलिभिजनकी एक चर्चित अभिनेत्री हुन् ।पछिल्ला दिनहरुमा उनी आफूले दिने बयानका कारण विवादमा पर्ने गरेकी छिन् । उनी फेरि एकपटक आफ्नो पहिरनका कारण नराम्रोसँग ट्रोल भएकी हुन् ।उर्फी जावेद यस पटक गुलाफी रंगको अनौठो पोशाक लगाएर फोटोग्राफरको अगाडि आइन् । त्यसपछि उनीहरुसँग आफ्नो पहिरनको तारिफमा हरेक पटक एउटै कुरा गर्ने गरेको भन्दै बहस पनि गर्छिन् ।

त्यसै क्रममा उर्फीद्धारा फोटोग्राफरहरुले उनको राम्रो तस्विर खिच्दैनन् भन्ने कुरामा पनि बहस गरेको देखियो ।तर, उर्फी जावेदको यो भिडियो सामाजिक सञ्जालमा आएपछि उनलाई नराम्रोसँग ट्रोल गरिएको छ । यस पटक उर्फी जावेदले अनौठो गुलाफी रंगको पहिरन लगाएकी छिन्, जसमा उनले धेरै ठाउँमा काटेकी छिन् ।

बिग बोस, ओटीटीको एक हिस्सा रहेकी उर्फी यसअघि नै एलिमिनेशनबाट निकालिएको थियो । त्यसयता उर्फी जावेद आफ्नो अनौठो पहिरनका कारण चर्चामा रहेकी छिन् ।यसपटक पनि उनी आफ्नो यस्तै पहिरनका कारण चर्चामा छिन् । उर्फी जावेदको यो पहिरन देखेर फ्यानहरुले निकै आक्रोश पोखेका छन् । कमेन्टमा तिम्रो हिजाब कहाँ छ ? भन्ने जस्ता प्रश्नहरु गरिएको छ ।

उर्फी जावेदको यो पहिरन देखेर एक प्रयोगकर्ताले लेखेका छन्, ‘सायद तिम्रो मानसिक अवस्था ठीक छैन ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘अब मलाई यो गरिबमाथि दया आयो।’अर्को एकजनाले लेखे, ‘फुटेको बेलुन लगाइछन्, बिचरी’ यस्तो लुगा कहाँबाट ल्याउनुहुन्छ ? भन्ने प्रश्न पनि गरिएकोछ । हिजाबको विवादमा थप्दै एक प्रयोगकर्ताले लेखे, ‘तिम्रो हिजाब कहाँ छ ?’जावेद अख्तरसँग उर्फी जावेदको नाम पनि जोडिएको छ । त्यसपछि जावेद अख्तरको परिवारले यसबारे स्पष्टीकरण दिँदै उर्फीसँग आफ्नो कुनै सरोकार नभएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस