आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन लागेपछि केटि बनेर विवाह मण्डपमै प्रेमिका भगाउन लाग्दा …..

एजेन्सी, मायामा परेका जोडीहरुलाई एक अर्कालाई भेट्ने चाहना हुनु स्वभावीक हो । एकअर्कासंग रमाइलो समय विताउने उद्देश्यले एक युवकले अपनाएको उपाय अहिले भाइरल भएको छ। भारतको उत्तर प्रदेशमा हालै आफ्नी प्रेमिकाको अर्कै केटासँग बिहे हुन थालेपछि रन्थनिएका एक युवक बेहुली बनेकी प्रेमिकालाई भेट्न केटी बनेर गए ।

विवाह स्थलमा केटी बनेर गएका उनी त्यहाँ पक्राउ परे । उत्तर प्रदेशको भादोही जिल्लास्थित एक गाउँमा भएको यो घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । बेहुली पहिरन लगाएका ती युवकले नक्कली कपाल, सिँगारपटार गरेका थिए । काँधमा लेडिज ब्याग भिरेका थिए । उनले महिलाले लगाउने स्याण्डिल लगाएका थिए ।

उनी गर्लफ्रेण्डको घरभित्र लुसुक्क छिरे र बेहुलीसँग भेटाइदिन अनुरोध गरे । उनको जीउडाल तथा हाउभाउ देख्दा बेहुलीका घरका मान्छेलाई शंका लाग्यो ।

बेहुलीका घरका मानिसले आशंका गरेपछि ती युवकले लामो समयसम्म केटी भएको बहाना गरिरहन सकेनन् । उनको पोल खुल्यो र त्यहाँ उपस्थित मानिसहरूले उनलाई समातिहाले । जब उनलाई समातेर उनको घुम्टो तथा नक्कली कपालसमेत ह टा इयो तब सबैजना तीनछक परे ।

उनलाई प्रहरीमा बुझाउनका लागि पुलिसलाई फोन गर्ने तयारी भैरहेको थियो । अकस्मात ती युवक त्यहाँबाट भाग्न सफल भए । वाहिर दुई जना साथी मोटरसाइकल लिएर तयारी अवस्थामा रहेछन् उनी त्यही मोटरसाइकलमा बसेर गए ।

प्रतिक्रिया दिनुहोस