‘सक्किगोनि’ कि रक्षा श्रेष्ठ आमा बनेपछि पनि निखारिएको उनको सुन्दरता सेयर गरिन बोल्ड तस्बिरहरु..

हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ र ‘सक्कीगोनि‘मा गज्जबको अभिनय गरेर चौतर्फी तारिफ बटुलेकी अभिनेत्री रक्षा श्रेष्ठ केहि महिना पहिला आमा बनेपछि चर्चामा छिन् ।उनले आफ्नी छोरी माहिरासँगका तस्बिर निरन्तर सार्वजनिक गरेकी छन् । त्यो बेला सामाजिक संजाल र मिडियामा भने उनले छोरा पाएको भन्दै चर्चा थियो ।

उनी भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार हुन् । उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् । एक सय बढी म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले धेरै बढी विज्ञापनमा अभिनय गरेकी छिन् । रक्षा सानो पर्दामा नै रमाइहेकी छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन् ।

सानोतिनो कुरामा पनि तुरुन्तै रोइहाल्ने बानी उनी स्वयम्लाई मन पर्दैन । मलाई रुन ठूलो कारण चाहिँदैन, त्यत्तिकै पनि आँशु आइहाल्छ’, उनी भन्छिन् । पछिल्लो समय उनले छोरीसँग रमाएका केहि तस्बिर साझा गरेकी छन । जहाँ क्युट छोरीको साथमा निखारिएको सुन्दरता देख्न सकिन्छ । उनले पछिल्लो समय अामा बनेपछि पहिला भन्दा मोटाएको देख्न सकिन्छ । यसैपनि खाइलाग्दो शरिर झनै मोटाएकी छन् ।तर पनि उनले बोल्ड बनेर तस्बिर साझा गरेका पछिल्ला मम्मी फिगरका तस्बिर दर्शकले निकै रूचाएका छन् ।


प्रतिक्रिया दिनुहोस