काठमाडौं उपत्यकामा २ वटा मोटरसाईकल दुर्घटना हुदा २ जना सदाका लागि अस्थाए

ललितपुर – ललितपुरको बाग्डोलमा सोमबार राति मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बाँकेका ३० वर्षिय गणेश कुमार थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा सोमबार राति साढे ११ बजे मृत्यु भएको हो ।

मोटरसाईकलमा पछाडी सवार कैलालीका ३० वर्षिय ईन्द्र भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । गएराति साढे १० बजे बाग्मती प्रदेश ०२ ०३० प ९४८३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक छेउको रेलिङ्गमा ठोकिएको महानगरीय प्रहरी परीसर ललितपुरले जनाएको छ ।

यस्तै भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने ३४ वर्षीय देवेन्द्र कार्की रहेको प्रहरीले जनाएको छ। सोमबार राति भक्तपुर-९ च्यामासिंह चोकनजिक बा३ख ४७६५ नम्बरको बसले बा६१प ६६१८ नम्बरको

मोटरसाइकललाई ठक्कर दिँदा कार्कीको मृत्यु भएको हो। दोलखा तामाकोसी गाउँपालिका-१ भीरकोट स्थायी घर भएका कार्कीको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा साढे १० बजे राति मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। कार्की मोटरसाइकलको पछाडि बसेका थिए।

मोटरसाइकल चालक दोलखा हावा-७ घर भई हाल भक्तपुर सूर्यविनायक-५ चनदेवी बस्ने २७ वर्षीय बलराम सुनुवारको उपचार भइरहेको छ। परिसर प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार बसका चालक चाँगुनारायणका ३९ वर्षीय टिकबहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस