एक्कै छिनमा छालाको डरलाग्दा दाग र चाउरीपन हटाउने अचुक घरेलु उपाय !

सफा र आकर्षक छाला बनाउने रहर सबैको हुन्छ । यसैकारणले गर्दा मानिसहरु विभिन्न महङ्गा उपचार तथा सौन्दर्य प्रशाधनहरुको प्रयोग गर्ने गर्दछन् । तर यसले चाहेजस्तो परिणाम पक्कै पनि दिन सक्दैन । आज हामी तपाइँलाई यस्तो चमत्कारिक उपायको बारेमा जानकारी दिन्छौं ।

जस्ले तपाइँको छालामा भएको दाग , चाउरीपनलाई छिटै हटाइ छालालाई नरम , सफा र चमकदार बनाउँदछ । यो धेरै नै सरल प्राकृतिक उपचार हो । यस फेसमास्कलाई बनाउन धेरै समय पनि लाग्दैन । त्यसैले फेसमास्कलाई छिटै तयार गरी छालाको दाग , घाउ , खटिरा तथा चाउरीपनाबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

आवश्यक सामाग्रीहरु:-१) १ चम्चा दालचीनीको धुलो,२) १ चम्चा कागतीको रस,३) १ चम्चा जाइफल,४) १ चम्चा मह

बनाउने विधि:-एउटा कचौरामा माथिका सबै सामाग्रीहरुलाई मिसाई बाक्लो मिश्रण बनाउनुहोस् । यदि तपाइँको छाला संवेदनशील छ भने , अलि बढि महलाई मिसाउन सक्नुहुन्छ । महले तपाइँको छालालाई सुनिनबाट बचाउँदछ ।

तर रोसासिया ( छाला रातो हुने रोग ) भएका मानिसहरुले भने यसको प्रयोग सकेसम्म नगर्नुहोस् । किनकी यसले रक्तनलीलाई झन फराकिलो पार्न सक्दछ । केहि मानिसहरु यसको सट्टामा कमेरो ( व्हाइट क्ले ) को प्रयोग गर्ने गर्दछन् । यदि मिश्रण धेरै नै बाक्लो भएमा थोरै पानी मिसाउन सक्नुहुन्छ ।

यस फेसमास्कलाई लगाउन भन्दा पहिला आफ्नो मुख साबुनपानीले राम्ररी धुनुहोस् । त्यसपछि तपाइँलाई मनपर्ने मोइस्चराइजरलाई लगाउनुहोस् । यसपछि फेसमास्कलाई छालाको दाग , चाउरी भएको ठाउँमा लगाउनुहोस् ।

यसलाई लगाउनाले तपाइँलाई घोचेको वा चिल्लाएको महशुश भएमा पनि नडराउनुहोस् । यसले झन फेसमास्कले असर गरेको कुरालाई सङ्केत गर्दछ । यस विधिलाई हरेक दिन अपनाउनुहोस्। त्यसपछि तपाइँको छाला छोटो समयमा नै चम्किलो , सफा र नरम बन्नेछ ।

प्रतिक्रिया दिनुहोस