भोलि फागुन ४ गते ६ दल द्वारा नेपाल बन्दको घोषणा, सवारीसाधन, व्यवसाय देखि यी क्षेत्रहरु पूर्णरुपमा बन्द हुने

काठमाडौँ :नेकपालगायत ६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, केपी वली र प्रचण्डलाई एमसीसी छिट्टै पारित गर्न फोनबाट दिएको दबाब र ध’म्कीपूर्ण भाषाले नेपाली जनताको एमससीविरुद्धको अनवरत सङ्घर्षमा गम्भीर चुनौती थपिएको निष्कर्ष निकाल्दै फागुन ४ गते देशभर संयुक्त विरोध प्रदर्शनका साथै नेपाल बन्द गर्ने निर्णय गरेका छन् ।

मोर्चाले फाल्गुन ४ गते बुधबार नेपाल बन्दको आव्हान गरेका छन् । यसअघि घोषित जुलुस र विरोधसभाको कार्यक्रमलाई नेपाल बन्दको कार्यक्रममा बदल्ने निर्णय गरेको सम्बद्ध स्रोतले जनाएको छ ।

नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवदी केन्द्र समाजवादीका संयोजक कर्णजित बुढाथोकी, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुतीले आज संयुक्त विज्ञप्ति जारी गरी अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप, दादागिरी र हेपाइको घोर निन्दा र भत्र्सना गरेका छन् ।

६ दल र दुई मोर्चाले जारी गरेको विज्ञप्तिमा यही फागुन २ गतेको संसद्को बैठक फागुन ४ गते सारेर पारित गराउने षड्यन्त्र गरेको उल्लेख छ । संसद् बैठकबाट ४ गते एमसीसी पारित गराउने देउवा सरकारको षड्यन्त्रलाई चकनाचुर पार्न घोषणा गरिएको आन्दोलनका कार्यक्रम सफल पार्न पनि विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।

बन्दको आव्हान गरेका ५ पार्टी र एक मोर्चाले नेपाल बन्द सशक्त रुपमा सफल पार्न पार्टीपंक्तिलाई निर्देशनसहित सर्कुलर गरेको छ भने देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु, देशभक्त शक्तिहरु, सच्चा लोकतन्त्रवादीहरु र आम नेपाली जनतालाई सक्रिय सहभागिताको लागि विशेष आव्हान गरेको छ ।

रुपन्देहीमा ६ दलको बैठक, बन्दलाई प्रभावकारी बनाउने निर्णयरुपन्देहीमा ६ दलको मंगलबार बुटवलमा बसेको बैठकले बन्दलाई सफल पार्न सम्पूर्ण तयारी गर्ने बताएको छ । ६ दलको बैठकमा एमसीसी विरुद्ध यसअघिका कार्यक्रमको समीक्षा गर्दै फागुन ४ गते नेपाल बन्दलाई सफल पार्न सम्पूर्ण उद्योगी, यातायात व्यसायी, शैक्षिक संघसंस्था, पत्रकार, मानवअधिकारकर्मी एवं देशभक्त, प्रगतिशील, बुद्धिजीवीहरुलाई सहयोग गर्न अपील गरेको छ । बन्दको विहान ५ बजेदेखि साँझ ५ बजेसम्म रहने नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले बताउनुभएको छ । बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दमकल, दुधको गाडीलाई चल्न दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस