ज्ञानेन्द्र शाही राप्रपा प्रवेश गदैं, पार्टी प्रवक्ताको जिम्मेवारी

काठमाडौं :ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ। मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले शाही नेतृत्वको सो अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने नीति अनुसार राप्रपाले महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो। सोही प्रस्ताव अनुमोदन गरिएको पार्टीका प्रवक्ता श्रेष्ठले जानकारी दिए।

वार्ता समितिले शाही नेतृत्वको अभियानलाई समाहित गर्न प्रस्ताव गरेको थियो। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

ज्ञानेन्द्र शाही मध्यपश्चिमको जुम्लामा जन्मिएका एक युवक हुन्। भ्रष्टाचारको खरो बिरोध गर्दै भ्रष्टाचार बिरोधी अभियान्ताको छवि बनाएका ज्ञानेन्द्र शाही ’ हामी नेपाल हामी नेपाली ’का संयोजक समेत हुन्। उनले यस अभियानलाई देशव्यापी रूपमा संगठित रुपमा नै खडा गरेका छन्।

उनले आफुलाई सिए (चार्टर्ड एकाउन्टेन्ट) बताउने गरेका छन् । उनले सिएको पढाई गरेको छिमेकी मुलुक भारतमा हुन्। भ्रष्टाचारको कट्टर बिरोधीको रुपमा परिचित ज्ञानेन्द्र शाही अहिले पछिल्लो समय राहत वितरण जस्ता समाजसेवी काममा समेत संलग्न रहेका छन्।

हाम्रो मुलुकको बिकासको वाधक भ्रष्टाचार नै रहेको ठहर गर्ने र भ्रष्टाचार उन्मुलनका लागि अभियान चलाएका ज्ञानेन्द्र शाहीको संगठनमा देश भित्र मात्रै नभएर वैदेशिक रोजगारीमा रहेर विश्वभर छरिएर रहेका युवा वर्गहरु समेत गतिलो साथ सहयोग र संलग्नतामा रहेको छ।

वर्तमान समयमा देशका अधिकांश युवाहरु राजनैतिक दलको भातृसंगठनहरुमा आबद्ध भएर राजनैतिक दलहरुकै वरिपरि रमाईरहेका , व्यापार व्यवसाय गरिरहेका, अध्ययन अध्यापनमा आफ्नो क्यारियर बनाईरहेको , बैदेशिक रोजगारीका लागि मुलुक बाहिर गइरहेका अवस्थामा मुलुकको रुपान्तरण र विकासका लागि भ्रष्टाचारको अन्त्य गर्दै देश विकासमा युवाहरुको सार्थक सहभागिता खोजिरहेका मध्येका प्रतिनिधि युवक ज्ञानेन्द्र शाही हुन्।

उनी आफ्नो अभियान बिस्तारको क्रममा , सार्वजनिक कार्यक्रममा उपस्थित भएको अवस्थामा ,राहत वितरणको अवस्थामा गरि पटक पटक प्रहरी र राजनैतिक दलका कार्यकर्ता बाट आ’क्रम’णको सिकार बन्न बा’ध्य भएका छन्। उनि माथी पटक पटक राज्यपक्षबाट र सत्तासिन पार्टीका कार्यकर्ताको तर्फबाट सां’घा’ति’क ह’म’ला’हरु ग’रिएका छन्।

राजनैतिक दलको र सरकारको खरो आलोचनामा उत्रने र भ्रष्टाचार जन्य गतिविधिको क’डा बिरोध गर्ने भएकै कारण ज्ञानेन्द्र शाहीले पटक पटक राज्यको तथा राजनैतिक दलका कार्यकर्ताको आक्रमण र ज्यादती सहनु परेको छ।

प्रतिक्रिया दिनुहोस