पोखरा घर भएकी जेनिसा दुबईमा नर्स थिइन्, अब कहिले नफर्किने गरेर उतै अस्ताईन्

एई :यूनाईटेड अरब ईमिरेट्स (यूएई) दुबईमा कार्यरत एक नेपाली नर्सको सडक दुर्घट्नामा मृत्‍यु भएको छ। पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृत्‍यु भएको हो।

बिहान काममा जाने क्रममा तीब्र गतिमा रहेको गुरुङ चढेको गाडी अनियन्त्रित भई दुर्घट्ना हुँदा गुरुङको घटनास्थलमै मृत्‍यु भएको जनाईएको छ। गुरुङको शब स्थानीय साकार अस्पतालमा राखिएको छ। दुर्घट्नामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर सामान्य घाईते भएका छन्।

त्यस्तै, टिपरको ठ’क्क’रबाट साइकलमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। टिपरले ठ’क्क’र दिँदा राप्ती गाउँपालिका-२ की ३२ वर्षीया डिला पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

मंगलबार बिहान साढे ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका-१ पाखापानीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा १ क १२८६ नम्बरको टिपरले पौडेललाई ठ’क्क’र दिएको थियो। प्रहरीका अनुसार पौडेल साइकलमा दूध बेच्न भालुवाङतर्फ जाँदै थिइन्।

घटनापछि मृतकका आफन्त तथा स्थानीयले राजमार्गमै शव राखेर सडक बन्द गराएका छन्। दोषीलाई कडाभन्दा कडा कारवाही र क्षतिपूर्तिको माग गर्दै स्थानीयले बाटो बन्द गरेका हुन्। राजमार्ग अवरूद्ध भएपछि दर्जनौं गाडी रोकिएका छन्।

मंगलबार लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको लालमटियामा स्थापना दिवस मनाउन लागेको छ। घटनास्थलदेखि केही पश्चिम स्थापना दिवस मनाउने तयारी भइरहँदा त्यहाँ पुग्नेहरु पनि बाटोमै रोकिएका छन्। छलफल गरी राजमार्ग सञ्चालनको तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस