काभ्रेका एक नवविवाहित उदाहरणीय जोडी, जसले विवाह खर्च कटाएर वितरण गरे रिक्सा र ठेलागाडा

कयौँ ब्यक्तिले विवाहका लागि लाखौँ खर्च गरेका हुन्छ । त्यो पनि भोजका लागि । तर काभ्रेका एक नवविवाहित जोडीले भने समाजमा उदाहरणीय काम गरेका छन् ।विवाह बन्धनमा बाँधिएका पनौती नगरपालिका वडा नम्वर ४ ज्यालापाटीका सुमेश थापा र पनौती ५ गैरीगाउँकी नबिना खड्काले विवाह भोज र दाईजो बापतको खर्चबाट ठेलागाडा र रिक्सा वितरण गरेका छन् । उनीहरुले आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरूलाई ठेलागाडा र रिक्सा उपलब्ध गराएका हुन् ।

सुमेश र नबिना गएको माघ २७ गते वैवाहिक बन्धनमा बाँधिएका थिए । उनीहरुले आज नेपाली काँग्रेसका महामन्त्री गगन थापाको उपस्थितिमा कमजोर आर्थिक अवस्था भएका ब्यक्तिलाई रिक्सा र ठेलागाडा वितरण गरेका हुन् ।

प्रति रिक्सा ५० हजारका दरले १२ वटा रिक्सा वितरण गरिएको हो । रिक्सा चलाउने सिप समेत सिकाएको सुमेश थापाले बताउनुभयो । रिक्सा र तालिम सहित ७ लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको हो ।

पनौतीमा रहेको छिमेकी सहकारी र युवाहरूद्वारा सञ्चालन गरिएको सृजनशील युवा समाज मार्फत आवेदन मागिएको थियो । आवेदन मध्ये १८ जनालाई पानी पुरी, मःम, चाउमिन, ससेज जस्ता परिकार बनाउने दुई दिनको निःशुल्क तालिम दिइएको थियो ।

आर्थिक अवस्था कमजोर भएका कारण ब्यवसाय सञ्चालन गर्न नसक्नेहरू मध्ये १० जनालाई पहिलो चरणमा ठेलागाडा र दुई जनालाई रिक्सा उपलब्ध गराइएको नबिना खड्काले बताउनुभयो।सबैको समाचार बाट

प्रतिक्रिया दिनुहोस