प्राङ्क गरि सर्वसाधारणलाइ दुख दिएको भन्दै नेपाली प्राङ्कर आकाश सेडाई परे पक्राउ !

काठमाडौं – प्रय्यांकको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक या’तना दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोल ठेगाना भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय आकाश सेडाई छन् ।

उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा प्रय्यांक (मस्करी)को नाममा सर्वसाधरणलाई शारीरिक तथा मा’नसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरूमा उनी संलग्न भएको आरोप प्रहरीको छ ।

आकाशमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ । प्राङ्कको नाममा सेढाईले सर्वसाधारणलाई मानसिक रुपमा सास्ती दिने र दिक्दार लगाउने काम गर्दै आएका थिए ।

सर्वसाधारणलाई हैरानी पारेर खिचेको गोप्य भिडियो उनले ‘नेपाली प्राङ्कर’ नामको युट्युव च्यानलमा अपलोड गर्ने गरेका थिए । उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताए ।

केहि दिन अघि मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा अनुमति बिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न सचेत गराउँदै त्यसो गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने स्पष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस