उपसनाको बोल्ड बन्ने चाहानाः फुलको गुच्छासहित हट फोटोशुट (हेर्नुहोस तस्बिरहरू)

चलचित्र ‘क्याप्टेन’ बाट डेब्यू गरेकी अभिनेत्री उपासना सिंह ठकुरीको पछिल्लो समय राम्रो चर्चा छ । उनी हाइ डिमान्डेड नायिका पनि हुन् ।पछिल्लो समय भने उनको फिल्मभन्दा पनि बोल्ड तस्विरहरूका कारण चर्चामा छिन् ।

उनले सामाजिक सञ्जालमार्फत एक फोटोसुटको तस्विरहरू सार्वजनिक गरेकी छिन् । फोटोग्राफर अनिल मास्केले खिचेका ती तस्विरहरूमा उनी फूलको गुच्छा लिएर बोल्ड अवतारमा प्रस्तुत भएकी छन् ।

तस्विरमा पाठकहरूले विभिन्न किसिमका प्रतिक्रियाहरू दिएका छन् । उनको यो तस्वीरमा अधिकांशले उनको सुन्दरताको तारिफ गरेका छन् । भने कतिपयले भने उपासनालाई बोल्ड फोटोसुट नगर्न र सिम्पल हुन आग्रह गरेका छन् ।

सङ्ख्यात्मक हिसावले खासै धेरै चलचित्रमा उनको उपस्थिति नभएतापनि धेरै माग भएको कलाकारमा उनलाई लिइन्छ ।‘क्याप्टेन, कबड्डी ३ र डिसेम्बर फल्स’मा काम गरेकी उपासना अन्य दुई चलचित्रमा काम गर्ने तयारीमा छिन् । ‘क्याप्टेन र कबड्डी ३’मा उनी गाउँकी युवतीको भूमिकामा छिन् ।

तर, सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने तस्वीर वा उनले खिचाएका फोटोसुट हेर्दा पनि उनी आफूलाई चलचित्रको पर्दामा बलियो भूमिका र बोल्ड अवतारमा प्रस्तुत गर्न आतुर रहेको देख्न सकिन्छ ।

नायिका ठकुरीले अभिनय गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा कमालको व्यापार गर्न सफल भयो । करिब १० करोडको हाराहारीमा व्यापार गरेको चलचित्रबाट नायिकाको काम समीक्षक र दर्शकले रुचाए । त्यसपछि झनै उनको माग फिल्ममा उच्च हुन पुग्यो ।तस्बिर- उपासना सिंह ठकुरी/ फोटोग्राफर अन्जिल मास्केको इष्ट्राग्रामबाट

प्रतिक्रिया दिनुहोस