ऋतिक रोशनसँग बिहे गर्ने यी युवतीको चाहना….

अभिनेत्री तथा पूर्व मिस इण्डिया युनाइटेड कन्टिनेन्ट्स गायत्री भारद्वाजको मन बलिउड अभिनेता ऋतिक रोशनमा अल्झिएको छ ।हालै गायत्रीले एक अन्तरवार्ताको क्रममा ऋतिकसँग बिहे गर्ने इच्छा जनाएकी छिन् । साथमा उनले बलिउड अभिनेत्री प्रियंका चोपडालाई आफ्नो प्रेरणा बताइन् ।

उनी मेरो बाल्यकालको क्रस रहेका छन् र त्यसैले मैले उनलाई छोड्न सक्दिन ।’ गायत्रीसँग उनले डेट गर्न चाहेको र बिहे गर्न चाहेको कुनै एक–एक अभिनेताको नाम भन्न भनिएको थियो । त्यसको जवाफमा गायत्रीले भनिन् ‘म सिद्धान्त चतुर्वेदीसँग डेट गर्न चाहन्छु । मलाई थाहा छैन उनी सिंगल छन् कि छैनन् ।

म ऋतिक रोशनसँग बिहे गर्न चाहन्छु । मेरो ख्यालमा उनी पनि सेटल हुनको लागि तयार छन् । उनी मेरो बाल्यकालको क्रस रहेका छन् र त्यसैले मैले उनलाई छोड्न सक्दिन ।’

गायत्रीले फिल्मको बारेमा कुरा गर्दै भनिन् ‘मलाई यस्तो लाग्छ कि प्रियंकाको जीवनमा बायोपिक बनाउनुपर्छ । उनी एक प्रेरणा हुन् ।’ गायत्री अहिलेसम्म एउटा फिल्म र एउटा वेब सिरिजमा देखिएकी छिन् । उनले डेन्टल सर्जरी अध्ययन गरेकी हुन् । गायत्रीका पिता पाइलट हुन् र उनकी आमा मनोवैज्ञानिक हुन् ।

प्रतिक्रिया दिनुहोस