प्रेमिकासंग ‘लिभ इन’ मा रहेका अर्जुन रामपालको छोरा जन्मिसक्यो, भन्छन् म विवाह गर्दिन

एजेन्सी, अभिनेता अर्जुन रामपाल आफ्नो कामका साथै आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छन् । अभिनेताको पहिलो विवाह मेहर जेसियासँग भएको थियो । मेहर जेसियासँग अलग भएपछि अर्जुन गर्लफ्रेन्ड गेब्रिएला डेमेट्रिएड्ससँग लिभ इनमा बसिरहेका छन् । दुबैको एक छोरा पनि छन् । दुबैले यो कुरा सामाजिक सञ्जालमा सेयर गरेका छन् । अब अर्जुनले ग्याब्रिएलासँग विवाह नगर्ने खुलासा गरेका छन् ।

अर्जुनले भने, ‘यो समय थियो जब हामी दुबैले ठूलो कदम उठाएका थियौं । यसलाई धेरै तहमा धेरै व्यक्तिहरूले अनेक कुरा गरे । यसले फरक पार्दैन, किनकि तपाईं सार्वजनिक व्यक्ति हुनुहुन्छ, यसले तपाईंलाई कहिलेकाहीं असर गर्छ। गेब्रिएला र मैले ‘अरूले के सोच्छन्’ को सट्टा जीवनका खुशीका क्षणहरूको आनन्द लिने निर्णय गर्यौं।

अर्जुनले थप भने, ‘हामीले विवाह गरेका हैन ? मन मुटु मिल्यो अब विवाहको के आवश्यकता ? यसलाई प्रमाणीकरण गर्न कागजहरू आवश्यक छ ? उनी र मलाई त्यस्तो लाग्दैन।ु अर्जुन र ग्याब्रिएला पहिलो पटक साझा साथीहरू मार्फत भेटेका थिए। अभिनेताको पहिलो विवाह मेहर जेसियासँग भएको थियो । उनीहरुका दुई छोरी माइरा र माहिका छन् । कलाकारहरुले पनि छोरीहरुसँग पनि समय बिताएका तस्विरहरु शेयर गर्छन् ।

प्रतिक्रिया दिनुहोस