अल्लु अर्जुनबाट यसरी ‘पुष्पाराज’ बन्थे, मेकओभरको भिडियो भयो भाइरल (हेर्नुस भिडियो)

एजेन्सी, साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ‘पुष्पाः द राइज’ले बक्स अफिसमा कमाईको हिसाबले हंगामा मच्चाएको छ । यस फिल्मको कथा, गीतदेखि संवादसम्म सबैले फ्यानको मन जितेको छ । सामन्था रुथ प्रभुको गीत ‘ओ अन्तावा’ फ्यानहरुको मनमा छोएको छ ।

यसै क्रममा अल्लु अर्जुनको डायलग ‘मै झुकेगा नही’ मा रिल्स बनिरहेको छ । यसैबीच अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ को सेटबाट एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, जसमा अल्लु अर्जुनको लुक फिल्मका लागि कसरी परिवर्तन गरिएको थियो भन्ने देखाइएको छ । यो भाइरल भिडियोमा अल्लु अर्जुन आफ्नो कारबाट ओर्लिएर भ्यानिटीमा गएर मेकअप गराएको देख्न सकिन्छ ।

अल्लु अर्जुन सधैं जस्तै आफ्नो ह्यान्डसम अवतारमा छन् तर केही समयपछि उनको लुक पूरै बदलिएको छ । भिडियोमा भ्यानिटी भ्यानमा उपस्थित मेकअप आर्टिस्ट र हेयर स्टाइलिस्ट अल्लु अर्जुनको लुकलाई पूरै परिवर्तन गरेको देख्न सकिन्छ । सबैले कलाकारको मेकअप निकै सावधानीपूर्वक गर्छन्। यस अवधिमा प्रत्येक कपालको हेरचाह गरिन्छ।

यो भिडियो हेर्दा अल्लु अर्जुनले ‘पुष्पाराज’ को लुकमा आउनुअघि लामो प्रक्रियाबाट गुज्रनुपरेको स्पष्ट हुन्छ । अभिनेताको यो मेकअपमा धेरै समय लाग्ने गर्दथ्यो र यो काम दिनहुँ हुन्थ्यो । भिडियोको अन्त्यमा पुष्पा बन्नेबित्तिकै आफूलाई ऐनामा देखेर अल्लु अर्जुन निकै खुसी छन् । यो भिडियोलाई सामाजिक सञ्जालमा निकै रुचाइएको छ ।

अल्लु अर्जुन र रश्मिका मन्डन्नाको यो फिल्म सन् २०२१ डिसेम्बर १७ मा रिलिज भएको थियो । यो फिल्मको हिन्दी संस्करणलाई पनि फ्यानहरुले निकै रुचाएका छन् । अल्लु अर्जुनको यो फिल्मले विश्वभर ३ सय करोडभन्दा बढीको व्यापार गरेको छ । योसँगै अब यो फिल्म ओटीटी प्लेटफर्ममा पनि रिलिज हुन सक्ने भएकाले दर्शक निकै खुसी छन् ।हेर्नुस भिडियो

प्रतिक्रिया दिनुहोस