आमिरकी छोरी इरा र प्रेमीको तस्बिर भयो भाइरल ( तस्विर सहित)

बलिउडका सुपरस्टार अभिनेता आमिर खानकी छोरी इरा खान सामाजिक सञ्जालमा एकदमै सक्रिय छन्। उनले आफ्ना हरेक कुराहरु सामाजिक सञ्जालमार्फत सेयर गर्दै आइरहेकी छन्।इराको प्रेमी मिशाल कृपलानीसँग ब्रेकअपको समाचार केही समय अगाडि सञ्चारमाध्यममा आएको थियो। ब्रेकअपको खबर सेलाउन नपाउँदै उनी फेरि प्रेममा रहेको खबर सार्वजनिक भएको छ।

बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान बलिउडको चर्चित स्टार किड्समध्ये एक हुन् । इरा धेरैजसो चर्चामा रहने गर्छिन् । केहीदिन पहिले इरा आफ्नो बोइफ्रेन्डलाई लिएर चर्चामा आएकी थिइन् ।

हाल फेरि उनी चर्चामा आएकी छन् । उनी अहिले आफ्नो बोइफ्रेन्डसँग छुट्टी मनाउँदै छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । उनी आफ्नो तस्बिर एवं भिडियो सार्वजनिक गर्दै आएकी छन् । इराले बलिउडमा डेब्यु त गरेकी छैनन् तर उनलाई पछ्याउने फ्यानहरु थुप्रै छन् ।

उनका बोइफ्रेन्ड नुपुर शिकारेको सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरले उनी चर्चामा आएकी छन् । आमिरको परिवारसँगै थिए आमिरका फिटनेस कोच इरा खानका कथित बोइफ्रेन्ड नुपुर शिकारे ।इरा खान र नुपुर दुबैले सामाजिक सञ्जालमा सँगै तस्बिर शेयर गर्दै आएका छन् । जसकारण यी दुई सम्बन्धमा रहेको अड्कल काटिन्छ । रिपोर्ट अनुसार इराले नुपुरलाई आफ्नी आमासँग भेट पनि गराईसकेकी छन् ।

त्यस्तै इराले नूपुरसँग महाबलेश्वरमा रहेको आमिरको फार्महाउसमा पुगेर छुट्टी समेत मनाएकी छन्। उनले आमा रिनासँग नपुरको भेट समेत गराइसकेको खबरमा उल्लेख छ।इरा मिशाल कृपलानीसँग दुई वर्षदेखि सम्बनधमा थिइन्। जब इराले आफ्नो ध्यान करिअरतर्फ केन्द्रित गर्न थालिन तब उनीहरुबीच सम्बन्धमा ख’टप’ट सुरु भयो र केही समय अगाडि दुवैले अलग हुने फैसला समेत गरेका थिए।


यसका अलवा इराले केही समय अगाडि आफू डि’प्रेस’नमा रहेको बताएकी थिइन्। उनले विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफू लामाे समयदेखि डि’प्रेस’नमा रहेको बताएकी थिइन्। उनले आफूले चार वर्षदेखि डाक्टरलाई देखाइरहेको र पछिल्लो समय राम्रो हुँदै गइरहेको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस