यी हुन् संसारभर तहल्का मच्चाउने दक्षिण भारतका ५ नायिकाहरू : हेर्नुहोस

साउथका केहि अभिनेत्रीहरू बलिउडका अभिनेत्रीहरुलाई समेत टक्कर दिने गर्छन् ।सुन्दरता होस् या अभिनयमा होस् बलिउड अभिनेत्रीलाइ साउथका केहि नायिकाले माथ दिन सक्छन् । उनीहरूको सामाजिक संजालमा पनि निकै चर्चा हुनेगर्छ ।

बलिउडका अभिनेत्री झै केहि साउथको अभिनेत्रीको चर्चा दुनियाँभरमा हुन्छ । साउथको हिरोइन जसले अभिनयको साथसाथै सुन्दरतामा पनि मन जित्न सफल छन् । खास गरेर यी ५ अभिनेत्रीको संसारभर बढी चर्चा छ ।

सामन्था:-सामन्था साउथको उत्कृष्ट नायिकामध्येमा पर्छिन् । उनको अभिनय र सुन्दरता दर्शकहरूले निकै मन पराएका छन् । उनले टलीउडमा धेरै हिट फिल्म दिएकी छन्। उनको सुन्दरताको बलिउडमा पनि निकै चर्चा हुनेगर्छ ।

कीर्ति सुरेश:-कीर्तिले राष्ट्रिय पुरस्कार पनि जितिसकेकी छन् । साउथ अभिनेत्रीमा उनको फ्यान फ्लोइंग निकै राम्रो रहेको छ। कीर्ति मलयालम फिल्म प्रोड्यूसर सुरेश कुमारकी र वरिष्ठ एक्ट्रेस मेनकाकी छोरी हुन् । मेनकाले तमिल सिनेमामा प्रसस्तै काम गरेकी छिन् । अहिले उनकी छोरी कृतिले बिगत केहि वर्ष देखि निक्कै राम्रो प्रदर्शन गर्दै आएकी छिन् ।

प्रिया आनंद:उनले बलिउडमा पनि कदम राखिसकेकी छन्। उनी फिल्म ‘फुकरे’ मा देखिएकी थिइन्। अभिनेत्री प्रिया साउथ सिनेमाको चर्चित अनुहार हुन्। उनले तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छन्।

राय लक्ष्मी:-उनी तमिल र मलयालमको साथसाथै तेलुगु र कन्नड भाषाको फिल्ममा पनि अभिनय गरेकी छन्। लक्ष्मी पनि साउथको टप अभिनेत्रीमा एक हुन्।

रश्मिका मंदाना:-रश्मिकाको अदाको निकै तारिफ हुन्छ। उनले चार वर्षको उमेरमा अभिनयको करियर सुरु गरेकी थिइन्। उनी पनि सुन्दरता अभिनयमा बलिउड अभिनेत्रीलाइ माथ दिन सक्छिन् ।

प्रतिक्रिया दिनुहोस