फागुन ०६ गते शुक्रबार,आज तपाईको भाग्य कस्तो छ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हात लागी होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पुरानो समस्याले झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला । होसियारी साथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाई टाढिन सक्छन् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा मनग्य फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पढाइ लेखाइमा समय दिन नसकिएला । पहिलेका समस्या दोहोरिन सक्छ । नयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किकताले सम्मान दिलाउन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) काममा रोकावट र कममा फाइदा हुनेछ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । आर्जित धन तत्काल खर्च हुन सक्छ । आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्न लाभ हुनेछ । नजिकका साथीभाई टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) काममा माता पिताको सहयोग प्राप्त होला । कृषि चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । नसोचेको ठाँउबाट धन लाभ हुनेछ । बाध्यतामा काम रोकिन सक्छ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । रचनात्मक काम सुरु गर्ने समय छ । यात्रा पनि होला । आज धन लाभको संभावना छ, साथै टाढाको यात्राको पनि योग रहेको छ, दिन रमाइलैसँग वित्नेछ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला, रोग निम्त्याउने देखिन्छ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । सोचेको काम सफलतापूर्वक सम्पन्न होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । पारिवारिक जमघटमा मन रमाउनेछ । भेटघाटको अलमलले नोक्सान पुर्याउछ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् । काममा सफलता मिल्नेछ । पराक्रम र उत्साह बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । प्रशस्त धन आर्जन गर्ने मौका छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अध्ययनमा पछि परिने सम्भावना छ । अरूले बाधा पुर्याए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ । काममा आलस्य जाग्नेछ ।

प्रतिक्रिया दिनुहोस