रेखाको दोस्रो बिहेपछि पूर्वपति छविराजले यस्तो भनेपछि ……..

नायिका रेखा थापाका विवाहप्रति उनका पूर्वपति छविराज ओझाले खुशी व्यक्त गरेका छन् । रेखाको विवाहको खबर सुनेलगत्तै आफुलाई खुशी लागेको उनले प्रतिक्रिया दिए ।छविले भने मैले भर्खर समाचार हेरेर उहाँको विवाह थाहा पाए । उहाँले आफ्नो जीवन साथी चुन्नु भएछ म एकदमै खुसी छु ।

छविले रेखालाई वैवाहिक जीवनको शुभकामना दिँदै बधाई समेत दिएका छन् । उनले भने मैले भर्खर विवाहको बधाई पनि दिए ।हामी छुट्टिएको धेरै समय भैसकेको थियो । उहाँ एक्लै हुनुहुन्थ्यो । बल्ल जीवन साथी पाउनुभयो । विवाहपछि रेखाको जीवन अझ सहज हुने छविले विश्वास व्यक्त गरे ।

आइतबार नायिका थापाले काठमाडौं जिल्ला अदालतमा केही पहिले नै कानुनी रुपमा जाजरकोटका बलराम शाहीसँग बिहे गरेको खबर बाहिर आएको थियो ।

अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाहीसँग अदालती बिहे गरेकी छिन् । काठमाडौं जिल्ला अदालतमा दुईजनाले कोर्ट म्यारिज गरेकाे रेखा थापाले बताएकि छन् ।शाही पेशाले पर्यटन व्यवसायी हुन् ।

९ वर्षअघि फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेपछि रेखा सिंगल थिइन् । स्रोतका अनुसार शाही र रेखा केही वर्षयता रिलेसनसिपमा थिए । गत माघ ११ गते काठमाडौं जिल्ला अदालतमा रेखा र बलरामबीच कानूनी बिहे भएको स्रोतले जनाएको छ

उनीहरुबीच बैशाखमा बिहे हुने जनाइएको थियो ।स्रोतका अनुसार माघ २८ गते काठमाडौंस्थित घरमै दुईजनाले विधिवत बिहे गरेका थिए । सानो पारिवारिक जमघटबीच उनीहरुबीच बिहे भएको जनाइएको छ ।

रेखाको बिहेलाई लिएर असन्तुष्ट आमा सरस्वती चाहिँ केही समयदेखि बिराटनगरमा बस्दै आएकी छिन् । बिहे दर्ता भएपछि मात्र रेखाले आमालाई यसबारे जानकारी दिएकी थिइन् ।शाही गैरआवासीय नेपाली भनिएपनि कुन देशमा बसोबास गर्छन् भन्ने चाहिँ खुलेको छैन ।

उनी भारतमा जन्मिएका थिए । शाही पर्यटन पेशामा संलग्न रहेको र मध्यमवर्गीय परिवारका रहेका जनाइएको छ ।हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोर्यो मेरो मन, काली, हिम्मतवाली, दुर्गा जस्ता फिल्ममा केन्द्रिय भूमिकामा अभिनय गरेकी रेखा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छिन् ।

प्रतिक्रिया दिनुहोस