नेपालमा भेटियो रहस्यमय ‘बहुमूल्य पदार्थ’, प्रतिकिलो ३५ करोड बिक्रि हुने

काठमाडौं : काठमाडौंमा यु’रेनि’यम’जस्तो प’दार्थ भेटिएपछि दुई भारतीयसहित आठ जना पक्राउ परेका छन् । यो पदार्थ अ’वैध रुपमा भारतबाट ल्याइएको हो । प्रहरीले यो जानकारी दिएको छ ।काठमाडौंमा रहेको पाँचतारे होटलको पार्किङस्थलमा रहेको कारबाट ला’गुऔ’ष’ध फेला परेपछि सूचनाका आधारमा प्रहरी टोलीले आठ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बिहारका दुई भारतीय उपेन्द्रकुमार मिश्र र राजु ठाकुर रहेको र बाँकी ६ जना नेपाली रहेको बताएको छ । प्रतिकिलो ३५ करोड रुपैयाँमा यो बहुमूल्य वस्तु बेच्ने तयारी गरिरहेका बेला यी पक्राउ परेका हुन् । कारबाट भुपेन्द्र र नवराजलाई प्रहरीले पक्राउ गरेको छ भने बाँकीलाई उनीहरुको सुचनाका आधारमा पक्राउ गरिएको हो ।

प्रहरीले भन्यो- यो कारमा यु’रेनि’यम जस्तो बहुमूल्य वस्तु फेला परेको हो । गैरकानूनी रूपमा यु’रेनि’यमको कारोबार गर्ने आठ जनालाई पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनीहरुको साथबाट प्रशासनले नौ वटा मोबाइल समेत ब’रा’मद गरेको छ । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेश मैनालीले भने, ‘यु’रेनि’यम जस्तो देखिने प’दार्थ ब’रा’मद भएको छ ।

यु’रेनि’यम हो कि अरु केही हो भनेर पत्ता लगाउन प्रयोगशालामा पठाइने उनले बताए । प्रहरीले आठ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । गत वर्ष नेपालको राजधानी काठमाडौंमा साढे दुई किलो कच्चा यु’रेनि’यम तस्करी भएको फेला परेपछि ह’लच’ल म’च्चि’एको थियो । नेपालमा एउटै आणविक प्लान्ट छैन, यस्तो यु’रेनिय’मको उपलब्धताका कारण धेरै प्रश्न उठेका छन् ।

प्रतिक्रिया दिनुहोस