काठमाडौंको कीर्तिपुरबाट यस्ता डरलाग्दा २ व्यक्ति पक्राउ !

काठमाडौं,काठमाडौंको कीर्तिपुर नगरपालिका-६ पाण्डेछापका दुई जना आफ्नै बुवाको हत्या आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतकका माहिलो छोरा ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कान्छो छोरा कृष्ण महर्जन रहेका छन् ।

उनीहरुले आफ्नो बुवालाई बिहीबार साँझ साढे ५ बजे प्रेसर कुकर र लोहोरोले टाउकोमा हानेर हत्या गरेको कीर्तिपुर प्रहरीले जनाएको छ । उनीहरुमाथि ज्यान सम्बन्धी कसूरमा प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कीर्तिपुर नगरपालिका स्थित पाण्डेछापमा मादक पदार्थ सेवन गरेर छोराहरुले बुवालाई मरणासन्न हुनेगरी कुटेका थिए । टाउकोमा लोहोराले हिर्काउँदा गम्भिर घाइते भएका न्हुच्छे नारायणलाई प्रहरीले अस्पताल पठाएको थियो । घटनाबारे महानगरीय प्रहरी वृत कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।

उता, काठमाडौंको ढुंगेअड्डामा ३ वटा कुकर बम फेला परेकोछ ।सो बमलाई नेपाली सेनाले डिस्पोज गरेको हो । शुक्रबार बिहानै ३ वटा कुकरबम फेला परेको हो । कलंकी र ढुंगेअड्डाको बीचसडकमै शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेकाथिए ।

प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेकोथियो । त्यसपछि नेपाली सेनाको टोली पुगेर उक्त बमलाई डिस्पोज गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुईवटा कुकर देखिए पनि तीनवटा बम रहेको थियो । नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि अहिले सडक सुचारु भएकोछ ।बम फेला परेपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस