अम्बाको पात प्रयोग गर्नुस्, १०० प्रतिशत निको हुन्छ कपाल झर्ने स’मस्या ! यस्तो छ प्रयोग गर्ने तरिका

धेरैजसो मानिस कपाल झर्ने समस्याबाट ग्रसित हुन्छन् । यस समस्याबाट छुट्कारा पाउनको लागि मानिसहरु विभिन्न उपायलाई अपनाउँदछन् । तर पनि राम्रो परिणाम पाउन सक्दैनन् । आज हामी तपाइँलाई अम्बाको प्रयोग गरी यस समस्याबाट मुक्ति पाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौं । यसले तपाइँको कपाललाई बढाउनमा पनि मद्धत पुर्याउँदछ ।

यस समस्याको समाधानको लागि अम्बाको पात धेरै नै राम्रो उपाय हो। बैज्ञानिकहरुको अनुसार अम्बामा भिटामिन ‘ बी ’ तत्व प्रचुर मात्रामा पाईने भएकोले यसले कपाल झर्ने समस्यालाई रोकि कपाल बढ्नमा सहयोग गर्दछ ।

एउटा भाँडोमा पानी हाली त्यसमा अम्बाको पातलाई राखेर उमाल्नुहोस् । त्यसपछि यस मिश्रणलाई चिसो हुन दिनुहोस् र चिसो भएपछि आफ्नो कपालमा राख्नुहोस् । यसपछि कपाललाई सफा पानीले पखाल्नुहोस्। राम्रो परिणामको लागि सुत्नुभन्दा अगाडि यसको प्रयोग गर्नुहोस् ।

यो कपाल झर्ने समस्याको लागि धेरै नै राम्रो उपाय हो। यसले कपाललाई जरैदेखि बलियो र बाक्लो पनि बनाउँछ । मानिसहरु कपाल झर्ने समस्याबाट छुट्कारा पाउन महङ्गा साधनहरुको प्रयोग गर्ने गर्दछन् ।तसर्थ यसको प्रयोगले तपाइँको पैसा र समय दुबै बचत हुन्छ। त्यसैले अम्बाको पातको प्रयोग गरी आफ्नो कपाललाई बाक्लो र आर्कषक बनाउनुहोस् । अम्बाको पातका अन्य फाइदा:

अम्बाको पातबाट बनेको चिया मधुमेहका रोगीका लागि निकै फाइदाजनक हुन्छ । अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ । साथै कपाल र छाला स्वस्थ बनाउन पनि यसको प्रयोग उपयोगी हुन्छ ।४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखाला कम गराउँछ । अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस