श्रीमती धेरौ सुन्दर र स्मार्ट हुँदा श्रीमान प्रहरी समक्ष नै पुग्नपर्यो, कारण थाहा पाउदा जो कोहि हैरान !

काठमाडौं । भन्छन्, बिहे आफू भन्दा कमजोरसँग, संगत आफूभन्दा ठूलोसँग गर्नुपर्छ । दुई जना बराबर भएको खण्डमा विवाद बढेर अलग हुने अवस्था आउन सक्छ । भारत, मध्य प्रदेशको छतरपुरबाट एउटा अनौठो घटना सार्वजनिक भएको छ ।

उत्तर प्रदेशको बान्दामा बस्ने एक व्यक्तिले छतरपुरको एसपीलाई अनौठो गुनासो गरेका छन् । उनले भनेका छन, ‘मेरी श्रीमती सुन्दर, स्मार्ट छिन् । उनी शिक्षित पनि छिन् । यही कारणले मलाई सँगै बस्न मन पराउँदिनन् । माइती घरमा लिन जाँदा माइती परिवारका सदस्यहरू लगाएर मलाई कु’ट’पि’ट गर्न भनिन् ।

म मेरी श्रीमती फिर्ता चाहन्छु । मलाई कु’ट्ने (माइती) लाई कारबाही गर्नुपर्छ ।’ छतरपुरका एसपीलाई उजुरी दिने व्यक्तिको नाम नन्दु पाल हो । उनी बान्दको मातोण्ड गाउँका बासिन्दा हुन् । उनले ३० अप्रिल २०२१ मा लवकुश नगर थाना क्षेत्र अन्तर्गत गाँउ नागरौलीकी रीना पालसँग विवाह गरेको निवेदन दिएका छन् । घरपरिवारले नै बिहे तय गरेको थियो । नन्दु र रीनाको हिन्दू परम्परा अनुसार विवाह भएको थियो । बिहे गरेको तीन दिनपछि श्रीमती आफ्नो माइतीघर गएको नन्दुले गुनासो गरेका छन् ।

त्यसपछि नन्दु आफू जत्ति सुन्दर नभएको भन्दै रीना फर्किन तयार छैनन् । उनले आफ्नी श्रीमतीलाई लिन माइतीघर जाँदा रीनाले स्पष्ट रुपमा अस्वीकार गरेको बताएका छन् । यति मात्रै होइन, उनले छोरी दिन माइती समक्ष बिन्ती गरे, तर उनलाई कोठामा थुनेर कु’टपि’ट गरियो ।

गत बुधबार पनि यस्तै भएको थियो । उनी प्रहरी चौकीका चहलपहल गरिरहेका छन् । तर कतै सुनुवाइ भइरहेको छैन । त्यही भएर उनी एसपीसँग उजुरी गर्न गएका हुन् । ससुराले कु’टपि’ट ग’रे’पछि लवकुशनगर प्रहरी चौकी गएको नन्दुले उजुरीमा बताएका छन् । त्यहाँ पनि उनको गुनासो सुनुवाइ नभएपछि उनी एसपी छतरपुर पुगेका थिए । निवेदनमा उनले श्रीमतीलाई फिर्ता दिनुपर्ने र कु’टपि’ट गर्ने ससुरालाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस