रन्जु दर्शनाले गरिन् इंगेजमेन्ट

काठमाडौं । विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शाले इंगेजमेन्ट गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले आज इंगेजमेन्ट गरेको जानकारी गराएकी छन् ।

रञ्जुले किशोर कुईंकेल (किसु) नामका युवकसँग इन्गेज्मेन्ट गरेकी हुन् । अघिल्लो स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उम्मेद्वार बनेपछि उनी चर्चामा आएकी थिइन् ।

‘आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवं परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखी फुलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौं।

तपाईँहरुको आशीर्वाद र शुभकामनाको लागि हृदयदेखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु,’ उनले लेखेकी छन्, ‘मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु। तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु।’

प्रतिक्रिया दिनुहोस