एमसीसी पास गर्न ओली अगाडि बढे एमाले नै रि’त्याउने रावलको तयारी,रावलसँग कहाँबाट आए यतिधेरै सांसद ?

काठमाडौं –अमेरिकी परियोजनाले नेपाली पार्टीहरु फु’टतर्फ अगाडी बढेका छन् । नेकपा एमालेका नेता डा. भीम रावलले कुनैपनि बेला पार्टीबाट विद्रोह गर्ने बताइसकेका हुन् ।

एमाले एमसीसीको पक्षमा गएमा वि’द्रोह गर्ने बताएका हुन् । रावलले सांसदहरुलाई एमसीसी विरु’द्ध विद्रो’ह गर्ने समेत बताइसकेका छन् ।

रावलले महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई चुनौ’ती दिंदा झीनो मत ल्याएका थिए । उनको चु’नौती फिक्का सावित भयो । तर, एमसीसीको विषयमा ओलीलाई कडा चु’नौती दिनसक्ने हैसियत बनाउन खोजिरहेका छन् ।

एमसीसीको पक्षमा एमालेमा गएमा एमालेका ९७ मध्ये १३ सांसदमात्रले वि’द्रोह गरेमा फरक परिस्थिति निर्माण हुन सक्छ ।एमसीसीको पक्षमा सभामुख अग्निप्रसाद सापकोटा टेबल गर्न तयार नहुने र एमाले सभामुख ह’टाउने योजनाका साथ लागेकाले दुई तिहाई आवश्यक पर्छ ।

एमालेको ९७, काँग्रेसको ६१, लोसपाको १३ मत पक्षमा पर्न सक्छ । जसपाको मत विभाजन हुनसक्छ । जसपाको १८ मध्ये कम्तिमा १० सांसद एमसीसीको पक्षमा जाँदा सभामुखविरु’द्ध पनि जानसक्ने देखिन्छ ।

तर, २६५ बहालवाला सांसद रहेको प्रतिनिधि सभामा दुई तिहाईका लागि १७७ मत चाहिन्छ । एमालेका १३ सांसदले वि’द्रोह गरेमा पासा पल्टन्छ । भीम रावल यही मौका कुरिरहेका छन् ।

अहिले रावलसँग ५ सांसद छन् । उनीहरुले महा’भियो’गका लागि तयार पारिएको भनिएको खाली ६ वटा कागजमा हस्ताक्षर गरेका छैनन् ।यसरी हस्ताक्षर नगर्नेमा भीम रावल, घनश्याम भुसाल, दिपकप्रकाश भट्ट, झपट रावल र पवित्रा निरौला खरेल छन् । पाँचैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

उनीहरुलाई ह्वीप उल्लं’घन गरेकोमा हटाउँदा समानुपातिकको जस्तो नाम अर्को परिवर्तन गर्न मिल्दैन । समानुपातिकतर्फका केही सांसद पनि रावलको पक्षमा रहेको बुझिएको छ । यसकारण उनी ढुक्क देखिएका छन् ।

रावलले एमसीसी असफल बनाउन पर्याप्त सांसद जुटाइरहेको बुझिएको छ । उनीसँग प्रत्यक्ष ५ र समानुपाति थप गरी १० भन्दा बढी सांसदसाथमा रहेको विश्वस्त स्रोतले बताएको छ । एमसीसी टेबल भएमा संशोधन प्रस्ताव हाल्ने देखि विपक्षमा मतदान गर्ने सम्मको कदम चालेर रावलले वि’द्रोह गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस