मर्निङ वाकमा हिँडेका पूर्व प्रहरी निरीक्षकलाई मोटरसाइकलले ठक्कर दियो, घटनास्थलमै मृत्य

काठमाडौ । मर्निङ वाकमा हिँडेका एक जना पूर्व प्रहरी निरिक्षकलाई मोटरसाइकलले ठक्कर दिंदा घटनास्थलमै निधन भएको छ । धादिङ सदरमुकाम धादिङबेसी जोड्ने कालु पाँडे राजमार्गमा शुक्रबार बिहान पूर्व प्रहरी निरीक्षक (इन्सपेक्टर) मुक्ति सिक्देलको निधन भएको हो । उनलाई विहान मोटरसाइकलले ठक्कर दिएको थियो ।

राजमार्गको नलाङ बैरेनी खण्डमा मोटरसाइकलको ठक्करबाट मर्निङवाकमा रहेका सिद्धलेक(१ का सिक्देलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक फरार भएका थिए । उनलाई पनि प्रहरीले खोज तलास गरि फेला पारेको छ ।

सिक्देललाई ठक्कर दिई फरार रहेका सिद्धलेक(२ पात्लेका चालक लोकबहादुर मगरलाई प्रहरीले खानीखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । मगर दुर्घटनासँगै आफूले चलाएको बा।अ।३४ प ५०५२ नम्बरको मोटरसाइकल छाडेर भागेका थिए । फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस