हार्दिक श्रद्धाञ्जली ! स्कूटरमा फुड डेलिभरी गर्ने क्रममै दु’र्घटना हुदा नेपाली युवाको युरोपको माल्टामा मृ’त्यु

युरोपको पर्यटकीय क्षेत्र माल्टामा रोजगारीका सिलसिलामा पुगेका नेपाली युवा अजय श्रेष्ठको सडक दु’र्घटनामा परी नि’धन भएको छ। फुड डेलिभरीको काम गर्ने गरेका श्रेष्ठको फेब्रुअरी १६ का दिन विहान कामको सिलसिलामा स्कूटरमा फुड डेलिभरी गर्ने क्रममै दुर्घटना भएको थियो।

समाचारअनुसार, उनको घटनास्थलमै मृ”त्यु भएको थियो। विहान सवा ११ बजेतिर खाना खाने समयमा डेलिभरीको काममा निस्केका उनलाई माल्टाको अल्डो मोरो स्ट्रीटमा विपरीत दिशाबाट आएको एउटा ट्रकले दु’र्घटना गराएको थियो।

नेपालकोबर्दियाको गुलेरिया ६ घर भएको २६ बर्षीय युवा श्रेष्ठ माल्टामा वल्ड नामक फुड डेलिभरी कम्पनीमा कार्यरत थिए। सो कम्पनीको एपमा खानाको अर्डर आउने र एपबाटै काम स्वीकार गरी तयारी खानामा अर्डरकर्ताको घर पुर्‍याउने काम श्रेष्ठले गर्दै आएका थिए। विपरीत दिशाबाट आएको ट्रक अनियन्त्रित भई रोड क्रस बारमा ठोक्किएको र विजुलीको पोल ठल्दा सो पोलले लागेर स्कूटरमा रहेका श्रेष्ठको मृ”त्यु भएको थियो।

घ’टनापछि घ’टनास्थल पुगेका गैरआवासीय नेपाली संघ माल्टाका बरिष्ठ उपाध्यक्ष नविन गिरीले डिसी नेपाललाई दिएको जानकारीअनुसार, उनलाई उद्दार गरी तत्काल अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए।

तीन वर्षअघि रोजगारीका लागि नेपालबाट माल्टा पुगेका श्रेष्ठले भयावह सडक दु”र्घटनमा परेर ज्यान गुमाएपछि गैरआवासीय नेपाली संघले उनको पार्थिव शरीरलाई नेपाल पठाउने गरी काम शुरु गरेको छ । माल्टामा दूतावास नभएकोले बेलायतको लण्डनस्थित नेपाली दूतावाससंग समन्वय शुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस