बलिउडमा फेरी ठूलो शोक, रविना टण्डनलाई पर्यो वज्रपात

एजेन्सी, अभिनेत्री रविना टण्डनका पिता तथा फिल्म निर्देशक रवि टण्डनको निधन भएको छ । यो खबर रविना टण्डनले इन्स्टाग्राममा सेयर गरेकी छिन् । रवि टण्डन ८७ वर्षका थिए । उनको फागुन ११ गते दिउँसो आफ्नै घरमा निधन भएको थियो । रविनाले तस्बिर सेयर गर्दै बुवालाई सम्झिएकी छिन् र आफूले आफ्नो साथ कहिल्यै नछोड्ने बताएकी छिन् । तर, रवि टण्डनको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।

रविनाले आफ्ना पितासँग चार तस्विर शेयर गरेकी छिन् । यी मध्ये एक उनी आफ्नो बुबासँग हिड्दै छिन्। दोस्रो तस्बिर रविनाको बाल्यकालको हो, जसमा उनका पिताले उनलाई काखमा बोकेर बसेका छन् । तेस्रोमा दुवैजना एक समारोहमा सँगै बसिरहेका छन् भने चौथोमा रविनाले बुबालाई समातेर गालामा चुम्मन गर्दै क्यामेराको लागि पोज दिइरहेका छन् ।

तस्बिर सेयर गर्दै रविना टण्डनले लेखेकी छिन्, ‘पापा तपाईं सधैं मसँगै हिड्नुहुनेछ । म सधैं तपाई जस्तै हुनेछु। म तपाइको साथ कहिल्यै छोड्ने छैन। लव यू बाबा। रविनाको यो पोस्टमा धेरै सेलिब्रेटीले कमेन्टमा शोक व्यक्त गरेका छन् । अभिनेत्री निलम कोठारीले कमेन्ट गरेकी छिन्, तपाईलाई मेरो हार्दिक समवेदना।ु यस कठिन समयमा रविना टण्डनलाई धेरै सेलिब्रेटीहरूले पनि माया पठाएका छन्।

रवि टण्डन बलिउडका चर्चित निर्देशक हुन् । उनले नजराना, मुकद्दर, मजबूर र निर्माणसँग धेरै फिल्म बनाए। उनले अन्होनी र एक मै और एक तू जस्ता फिल्म पनि बनाए । रवि टण्डनले वीणासँग विवाह गरेका थिए । यस विवाहबाट उनको राजीव नामको छोरा छ। राजीव निर्देशक र निर्माता पनि हुन्। यससँगै उनको एउटी छोरी रविना टण्डन पनि थिइन्, जसको नाम रवि र वीणा टण्डनको नामबाट राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस