स्कुल बस रोकेर बालबालिकाको अ पहरण, विर्तामोडबाट आफ्नै फुपाजू पक्राउ परे

रुपन्देहीमा बालबालिकालाई स्कुल बसबाटै अ’प’हरण ग’रे’को आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सैनामैना–६ दुधराक्षस्थित घरबाट सैनामैना–४ बुद्धनगरको प्रभात बोर्डिङ स्कुल गएका १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षीया प्रशन्न दाहाल फागुन ५ गतेदेखि हराइरहेका थिए । उनीहरुलाई अपहरण गरेको आरोपमा सैनामैना–५ का ३५ वर्षीय खेमबहादुर पौडेललाई झापाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पौडेल नाताले बालबालिकाका फुपाजु हुन्। उनीहरूको पारिवारिक दुस्मनी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पौडेललाई झापा अनारमनी बिर्तामोडबाट पक्राउ गरी बालबालिकालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरी उपरीक्षक मनोज केसीका अनुसार उनीहरू साँझ घर नपुगेपछि अभिभावक स्कुलमा पुगेका थिए। बसका स्टाफले दुवै बालबालिकालाई फोटो खिच्न भनी पौडेलले बसबाट उतारेर लगेको बताएका थिए। अनुसन्धान गर्दा शङ्काको घेरामा रहेका पौडेलले प्रयोग गर्दै आएको मोबाइल नम्बर त्यस दिन ३:४० बजे बुटवलबाट स्वीचअफ भएको देखिएको प्रहरीले जनाएको छ । त्यस दिन बालबालिकालाई लिएर पौडेल बुटवलबाट बिर्तामोड छुट्ने बस काउन्टरमा पुगेका थिए।

त्यही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले बुटवलबाट आउने गाडीको निगरानी गरेको थियो। प्रहरीले पौडेललाई बालबालिकासहित बसपार्कमा फेला पारिएको थियो। प्रहरीले उनलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस