२२ वर्षका युवकका तीनवटी श्रीमती, तीनैवटी मिलेर खोज्दैछन् चौथी सौता !

काठमाडौं। सौता भन्ने शब्द महिलाहरुलाई पटक्कै मन नपर्ने शब्द हो । महिलाहरु विवाहपछि घरमा धेरै दुःख सहेर बसेका उदाहरणहरु छन् । महिलाहरु निकै सहनशील हुन्छन् तर विवाहित महिलाले सहनै नसक्ने कुरा हो – सौता । उनीहरु अरु धेरै कुरा सहन सक्छन् तर आफ्नो श्रीमानलाई अरु कसैसँग बाँड्न पटक्कै तयार हुँदैनन् । तर एक २२ वर्षका युवकका तीन श्रीमतीहरुले भने चौथी सौताको खोजी गरिरहेका छन् ।

गल्फ टुडेका अनुसार अदनान नामका यी पाकिस्तानी युवकले २२ वर्षको उमेरसम्म आइपुग्दा तीन बिहे गरिसकेका छन् । र, अब उनका तीन श्रीमतीहरु मिलेर चौथी सौता खोज्दैछन् । उनका तीनैवटी श्रमिती उनीसँगै छन् । पाकिस्तानको सियालकोटका अदनानको चर्चा अहिले विदेशसम्म पुगेको छ । मुस्लिम समुदायमा १ भन्दा धेरै विवाह गर्नु कुनै नौलो कुरा होइन तर श्रीमतीले नै आफ्नी सौता खोज्नु भने निश्चय पनि अनौठो कुरा हो ।

अदनानले पहिलो बिहे १६ वर्षको उमेरमा गरेका थिए । दोस्रो श्रीमतीसँग २० वर्षमा र अर्कीसँग २१ वर्षको उमेरमा बिहे गरेका हुन् । अदनानकी श्रमितीहरुको नाम शुंभाल, शुबाना र शाहिदा हो । अहिले यी तीनैजना सौता मिलेर चौथी सौताको खोजी गरिरहेका छन् र उनीहरुलाई चौथी सौता पनि अंग्रेजीको एस अक्षरबाट नाम आउने नै चाहिएको छ । एस अक्षरबाट नाम आउने सौता आएमा घरमा खुसी रहिरहने उनीहरु मान्छन् ।

अदनानका २ श्रीमतीका सन्तान पनि छन् । जेठी श्रीमती शुंभालका ३ र माइली श्रीमती शुबानाका दुई सन्तान छन् । शुबानाको एउटा बच्चालाई कान्छी शाहिदाले आफ्नो मानेकी छिन् । अदनानका तीन श्रीमतीहरुले उनीमाथि सबै श्रीमतीहरुलाई पूरा समय दिन नसकेको आरोप भने लगाउँछन् तर तीनैवटीले अदनान र बच्चाहरुको ख्याल गछृन् । अदनान तीनैजना श्रीमतीलाई प्रेम गर्छन् । उनको घरको एक महिनाको खर्च डेढ लाख पाकिस्तानी रुपैयाँ हुन्छ ।

प्रतिक्रिया दिनुहोस