गाउँका डेढ दर्जन नयाँ बुहारी एकैपटक घर छोडेर गए माइत, कारण थाहा पाए पछि पर्नुहुनेछ चकित्

काठमाडौं, गाउँभरी नै शौचालय नभएपछि एउटा गाउँका कबिर डेढ दर्जन बुहारी घर छोडेर माइत गएका छन् । यो घटना भारतको हो । सन् २०१८ मा भारतको उत्तर प्रदेश राज्यको कुशीनगरलाई खुला शौचालय मुक्त गाउँ घोषणा गरिएको थियो । तर त्यो घोषणा घोषणामै मात्र सिमित भयो ।

कुनै पनि घरमा शौचालय छैनन् । विवाह गरेर घरमा आएका बुहारीहरुलाई खुला ठाउँमा शौचका लागि जान अप्ठेरो भयो । अनि करिब डेढ दर्जन बुहारीहरु घर छोडेर माइत गएर बसेका छन् ।जगदीशपुर टोल भरपटियाका बुहारीहरुले यस्तो निर्णय गरेका हुन् । वुहारीहरुको भनाई छ की, हामीलाई घरमा शौचालय नभएका कारण निकै समस्या छ । हामी खुला ठाउमा जान सक्दैनौं ।

त्यसैले घरमा शौचालय नबनाउँदा सम्म माइतवाट फर्केर आउँदैनौं । घुघट विरुद्ध भएको अभियानलाई समेत चुनौती दिने अभियान यहाँका बुहारीहरुले चलाएका छन् ।आर्थिक रुपले विपन्नहरुको बसोबास हुने यो गाउँका अधिकांशका घरमा शौचालय छैन । सो राज्यमा विपन्नहरुलाई शौचालय निर्माणका लागि अनुदान दिने ब्यवस्था छ ।तर सरकारी अधिकारीहरुले उनीहरुको नाम शौचालय अनुदान दिने लिष्टमा राखिदिएनन् । बुहारीहरुले नै यस्तो अभियान चलाएपछि भने सरकारी अधिकारीहरु माथि पनि प्रश्न उठेको छ ।

भारतमा अहिले स्वच्छ भारत मिसन अभियान जारी छ । जसका कारण शौचालय निर्माणलाई पनि अभियानकै रुपमा सुरु गरिएको छ । शौचालय बनाउन नसक्नेहरुलाई सरकारले अनुदान दिएको छ । तर यो गाउँका विपन्नहरु त्यो अभियानमा समेटिन सकेनन् ।

माइत गएका बुहारी भन्छन् गाउँको एकातिर नाला छ भने अर्को तर्फ नाला छ । गाउँको चारै तिर पानी भएको अवस्थामा हामी वाहिर कहाँ जाने ? गाउँमा करिब एक सय परिवार छन् । यस्तो अवस्थामा शौचका लागि वाहिर निस्कदा पनि वजार लागेजस्तो हुन्छ ।

प्रतिक्रिया दिनुहोस