अश्लील भिडियो बनाएर न्यायाधीशहरुलाई ब्ल्यामेल गरेको आरोपपछि झनै चर्चामा छिन् यी नेतृ

काठमाडौं, नेपाली राजनीतिमा ग्ल्यामरको चर्चा कम नै हुने गर्छ ।तर विश्व राजनीतिमा यसको विशेष अर्थ रहेको छ । यस्तै, पाकिस्तानकी नेतृ मरियम नवाज पनि आफ्नो सुन्दरताका कारण बारम्बार चर्चामा रहने गर्छिन् । मरियम नवाज ४६ वर्षको उमेरमा पनि निकै सुन्दर छिन् ।

जब उनी विवाहमा जान्छिन्, उनीमाथि दुलहीको चमक फिका गरेको आरोप लगाइन्छ । यसपटक पनि त्यस्तै भयो । जब मरियम आफ्नो पार्टीकी सांसद सानिया आशिकको विवाहमा पुगेकी थिइन्।

त्यहाँ उनले आफ्नो सुन्दरताले सबैको ध्यान तानेकी थिइन् । यसअघि मरियम आफ्नो छोराको विवाहमा निकै राम्रो पहिरन लगाएर चर्चामा थिइन् । सामाजिक सञ्जालमा मानिसहरूले उनलाई बुहारीभन्दा सुन्दर र कान्छी भन्दै प्रतिकृया दिएका थिए ।

उनले छोराको बिहेमा भारतीय गीतहरू पनि गुन गुनाएकी थिइन् । पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) उपाध्यक्ष तथा पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज आफ्नो पार्टीकी सांसद सानियाको विवाहमा चम्किलो रातो पोशाकमा देखिएकी थिइन् । सँगै उनले मिल्दो रातो जुत्ता र लिपस्टिक पनि लगाएकी छिन् ।

दुलहा र दुलहीसँगको उनको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एक पाकिस्तानी प्रयोगकर्ताले लेखेका छन्, ‘यदि मरियम हाम्रो देशको वजिरे आजम (प्रधानमन्त्री) हुन्थ्यो भने उनी विश्वकै सबैभन्दा सुन्दर वजिरे आजम हुने थिइन् ।’

उनका बुबा र पूर्व प्रधानमन्त्री नवाज शरीफले देश छोडेपछि मरियम उनको पार्टीको मुख्य अनुहार हुन् । पार्टीका अध्यक्ष उनका काका शहबाज शरीफ हुन् ।नवाज शरीफको अनुपस्थितिमा मरियमले विपक्षीको आवाज उठाइरहेकी छिन् । उनले बारम्बार पाकिस्तानी प्रधानमन्त्री इमरान खान र पाकिस्तानी सेनामाथि प्रश्न गरिरहेकी हुन्छिन् ।

मरियमको विवादसँग एकदम पुरानो सम्बन्ध छ । बुबासँगै उनलाई पनि भ्रष्टाचार मुद्दामा सजाय सुनाइएको थियो । पनामा पेपर्स लीकमा उनको नाम पनि जोडिएको थियो । पछिल्लो पटक उनीमाथि अश्लील भिडियो बनाएर अदालतका न्यायाधीशहरुलाई ब्ल्यामेल गर्ने गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस