यी हुन् बहादुरी युवा, जसले बाँकेमा बाघसँग भि डेर आफ्नो ज्यान जोगाए

बाँकेमा आइतबार दिउँसो बाघले फेरि एक युवकमाथि आ क्रमण गरेको छ। बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका ३० वर्षीय वकिल गद्दी बाघको आ क्रमणबाट ग म्भीर घा इते भएका छन्।

उनको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए। स्थानीय मन्डफवा सामुदायिक वनमा गाईवस्तु चराउन लगेका गद्दीलाई घाँस दाउरा खोज्दै गर्दा हिजो मध्यान्ह १२ बजेतिर एकाएक बाघले आ क्रमण गरेको थियो।

एक्कासि बाघले आ क्रमण गरेपछि केहीबेर उनी बाघसँग भिडेका थिए। तर, बाघले उनलाई भुइँमा ल डाएर घाँटीबाट रगत चु स्न थालेपछि सँगै रहेका अन्य गोठालाले होहल्ला गरेपछि बाघ भागेको थियो।

‘घा इते पनि केहीबेर भिड्नु भयो, तर उहाँलाई लडाएर घाँटी अ ठ्याएपछि उहाँ बे होस हुनु भएको रहेछ,’ डिएसपी न्यौपानेले भने,‘त्यही क्रममा सँगै रहेका अन्य मानिसहरूले होहल्ला गरेपछि गाईभैंसी पनि कराउँदै जान थालेपछि बाघ छोडेर भागेको रहेछ।’

बाघको आक्र मणबाट गद्दीको घाँटीमा प्वाल परेका छन्। प्रहरी प्रवक्ता न्यौपानेले घा इते ग द्दीको अहिले होस आएको र उनी बोल्न सक्ने अवस्थामा रहेको जानकारी दिए। शनिबार बिहानमात्रै जंगलमा घाँस दाउरा लिन गएका राप्ती सोनारी ६ का ६० वर्षीय धनबहादुर चलाउनेको बाघको आ क्रमणबाट मृ त्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस