ओभर लोड भएको ट्रक पल्टिदा ड्युटीमा रहेको एक प्रहरी महिलाको मृ त्यु

ट्रकले कुल्चिँदा ड्युटीमा रहेकी एक प्रहरी महिला को मृ,त्यु भएको छ। आइतबार राती करिव १० बजे बाँकेको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा ड्युटीमा रहेकी ३६ वर्षीया महिला प्रहरी कविता बिसीको मृ,त्यु भएको हो।

पूर्वबाट नेपालगन्जतर्फ आउँदै गरेको ना३ ख ६४३६ नम्बरको ट्रक चौराहामा अनियन्त्रित भएर पल्टिदा ट्रकको पछाडीको भागले सडक किनारामा उभिएकी कवितालाई कुल्चेको थियो।सोही घ,टनामा परेर कविताको मृ,त्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिएका छन्।

सँगै ड्युटीमा रहेकी महिला प्रहरी हवल्दार वासमती चौधरीले भने भागेर ज्यान जोगाउन सफल भएको डिएसपी खनालले बताएका छन्।मृतक कविता प्युठान नगरपालिका वडा नम्बर २ चितिखोला निवासी हुन्। ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस