सिद्धार्थ शुक्लाको निधनपछि एक्लै गुज्रीरहेकी अभिनेत्री शहनाजले घटाइन १२ किलो तौल

सिद्धार्थ शुक्लाको निधन पछि एकदमै खराब समय बाट गुज्रीरहेकी अभिनेत्री सहनाज गिल यतिबेला बिस्तारै काममा फर्किएकी छिन् । शहनाज टेलिभिजनको एकदमै बिबादीत रियालिटी शो बिग बोस १३ को हिस्सा बने पछि चर्चामा आएकी थिईन् । त्यसपछि उनी दर्शकको दिल तथा दिमागमा राज गर्न सफल भएकी हुन् । अहिले सबैको घर घरको चर्चाकी पात्र बन्न सफल भएकी छिन् ।

सिद्धार्थ शुक्ला संगको मजबुत रिलेशनका कारण उनले लाखौ दर्शकको मन जितेकी थिईन् । सिद्धार्थको निधन पछि शहनाज एकदमै शुन्य जस्ती भएकी थिईन् । तर पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा उनको सक्रियता बढेर गएको छ । पञ्जाबकी कट्रीना कैफको उपाधी पाएकी सहनाज बिग बोसमा रहदा वजन एकदमै बढेको थियो । उनी शो को दौरानमा मोटी देखिने गरेकी थिईन् । तर पछिल्लो समय लकडाउनका कारण घरमै बसेकी उनले आफ्नो १२ किलो वजन घटाउन सफल भएकी छिन् ।

उनको यो बडी ट्रान्सफर्मेशन दर्शकमाझ एकदमै लोकप्रिय समेत भएको थियो । उनले ६ महिनामा १२ किलो वजन घटाएकी हुन् । लकडाउनको बेला सबै क्षेत्र ठप्प थियो । यसैबेला शहनाजले सोच बनाईन् कि अब आफ्नो तौल कम गर्छु । उसो त उनलाई बिगबोसमा तौलको बिषयलाई लिएर मज्जाक उडाउने पनि गरिएको थियो । उनले तौल कम गर्न ईच्छाशक्ति भए एकदमै सामान्य कुरा रहेको बताएकी छिन् । उनले आफ्नो खाना पिनामा एकदमै बदलाव ल्याईन् । नन भेजेटेरियन, आईसक्रिम तथा चक्लेट खान पुर्ण रुपमा बन्द गरिन् ।

उनले भनिन्– मैले खाना बिल्कुलै भेराइटी राखिन् । मैले लन्चमा दाल तथा मुंग खाए । यहि मैले रातमा खाए । यसैको साथमा मैले आफ्नो भोजनको मात्र कम गराए । मलाई ज्यादा भोक लाग्यो भने रोटी खान्थे । त्यसपछि बिस्तारै मलाई फरक देखिन थाल्यो । म ६७ किलोको थिए तर अहिले म ५५ किलोको छु । शहनाजले ६ महिनामा १२ किलो वजन कम गरेकी थिईन् । त्यो पनि बिना एक्सरसाईज ।

प्रतिक्रिया दिनुहोस