नयाँ बसपार्कको होटलबाट एक युवक पक्राउ ! गोप्य सुचनापछी प्रहरी पछ्याउँदै जाँदा…

काठमाडौं, ९ फाल्गुन । काठमाडौं महानगरपालिका-२६ स्थित नयाँ बसपार्कबाट प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका घर भएका २६ वर्षीय नवराज केसीलाई पक्राउ गरेको हो ।

ललितपुरको एकान्तकुनाबाट पछ्याएर आरोपीलाई नयाँ बसपार्कको होटलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिविक्रम शाहले बताए ।

ललितपुर महानगरपालिका-२ सानेपा हाईटमा रेडपाण्डाको छाला लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले बुझ्दा उक्त छाला बोकेको व्यक्ति नयाँ बसपार्क मन्जुश्रीमार्गमा भएको बुझिएपछि उनलाई सोही ठाउँबाट उक्त छाला सहित फेला पारी पक्राउ गरिएको हो ।

प्रहरीले उनको साथबाट दुईवटा रेड पाण्डाको छाला बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोमा केही दिनअघि मात्र डिएसपी मदन केसीले कमाण्ड सम्हालेका थिए ।

यस्तै, गजुरी गाउँपालिका-१ गजुरीबजारबाट करिब १ केजी सालकको खपेटा सहित दई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ बस्ने २४ वर्षी शेर बहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका-२ बस्ने १९ वर्षीय मानबहादुर तामाङ छन् । उनीहरुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना.८ ख ८४२९ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा लुकाई राखेको अवस्थामा उक्त खपेटा फेला पारी ट्रक चालक शेरबहादुर र ट्रकमा सवार मान बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ, बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले प्रक्राउ गरेको छ । चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले अग्रवालाई पक्राउ गरेको हो ।

शनिबार पक्राउ परेका उनको आइतबारदेखि चार दिन म्याद मागेर अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए । अग्रवालले पछिल्लो समय कोरोनाका कारण आफ्नो व्यवसाय संचालनमा समस्या रहेको बताउँदै आएका थिए । उनले बैंकहरुबाट लिएको ऋण तथा ब्याज गरी ८३ करोड रुपैयाँ तिर्नुपर्ने दायित्व छ ।

यसअघि माघ २८ गते पत्रकार सम्मेलन गरेर उनले आफ्नो कारोबारको विवरण सार्वजनिक गरेका थिए । ‘कोभिड १९ को महामारीका कारण काठमाडौंका होटल, रेष्टुरेन्ट तथा क्यासिनो बार बन्द भए । मदिरा पसलहरु पनि बन्द भए, बजारमा पठाइएको मदिराबाट करोडौं भुक्तानी रकम प्राप्त हुन सकेन र ऋण चुक्ता गर्न सकिएन’ अग्रवालले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस