देशलाई ठ’ग्नेहरुको सा’त्तो जाने गरि मन्त्रि आलेको अर्को यस्तो कडा कदम, सबै चकित !

काठमाडौं –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठ’ग्नेहरूको विरु’द्धमा एक साता भित्रमा का’रबा’हीको दायरामा ल्याउन लागेको बताएका छन् ।

सोमवार अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव – २०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेलेएक साता भित्रमा देशलाई ठ’ग्नेहरूका विरु’द्धमा कडा कदम चाल्न लागेको बताएका हुन् । उनले आजसम्म देशलाई ठग्नेहरूका विरु’द्धमा आफुले गरेका काम

ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साताभित्र पुरा फिल्म देखिने गरी काम गर्ने बताए । उनले भने – ‘जतिपनि मैले कामको थालनी गरेको छु ।मातृभूमिलाई साक्षी राखेर म भन्न चाहान्छु, विभिन्न तत्वहरुले अहिलेसम्म देशलाई ठ’ग्दै आएका थिए, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु ।

यो अहिले मैले गरिरहेको काम यो ट्रेलर मात्रै हो ट्रेलर अब तपाईहरु एक साताभित्र पुरा फिल्म पर्दामा देख्नेगरी म काम गर्नेछु ।’मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफू लागिपरिरहेको बताए । उनले हालै सार्वजनिक भएको अडियो टेपको

सन्दर्भमा आफूले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गरे । बोल्दा तलमाथि भएको भएपनि आफ्नो मनमा कुनै पाप नभएको उनले प्रष्ट पारे ।आफूलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भएपनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उनले बताए ।मन्त्री आलेले आफूमा जनजातिको छोरा भएका कारणले भाषा, संस्कृतिमा कमि भएपनि आत्मा पवित्र रहेको बताए ।

प्रतिक्रिया दिनुहोस