७८ पटक परीक्षण गराउँदा पनि कोरोना पोजेटिभ नै भएका टर्कीका एक व्यक्ति

बीबीसी । मुजफ्फर कायासन, टर्कीका एक क्यान्सर बिरामी, कोभिड पोजिटिभ रहिरहेको एक वर्ष भन्दा बढी भयो।अहिलेसम्म उनको ७८ पटक कोभिड परीक्षण भइसकेको छ।उनका डाक्टर कोभिडको सबभन्दा धेरै पटक परीक्षण भएर पोजिटिभ रहिरहेको यो नै पहिलो घटना हुनसक्ने ठान्छन्।

५६ वर्षीय मुझफ्फर आफ्नो यो अवस्थाबारे ठट्टा गरिरहन्छन्।मुजफ्फर यो सबैबारे सारै नै अनौठो भन्छन् । रक्त क्यान्सरको बिरामी म जब पहिलो पटक डाक्टरहरुले कोरोना पोजेटिभ भएको जानकारी दिए मैले सोचे मेरो नियती यही होला ।

गत १४ महिनादेखि ७८ पटक कोभिड परीक्षा गर्दापनि अहिलेसम्म उनी पोजेटिभ नै देखिएका छन् । मेरो ७८ पटक कोभिड परीक्षण गरियो । तर अनौठो कुरा यो छ कि हरेक पटक कोभिड पोजेटिभ नै आइरहेको छ ।

मैले अब जीवन यत्ति नै होला । साच्चै यसले मलाई बाँच्न नदिने रहेछ सोचे मुजफ्फरले भनेका छन् । एक पटक त मेरो तौलपनि ५० किलोमा झर्यो । सायद यो कोभिडको पहिलो रुप हो ।

मप्रतिको उसको प्रेम गज्जबको छ मुजफ्फरले ठट्टा गरे । उनलाई त्यहाँ न्यानो ठाउँ उपलब्ध छ । उनले भने म मायाँलु छु यसैलेपनि होला म सकारात्मक छु । यतिबेला यसलाई बाहिर निकाल्नु भनेको की मैले बाहिर निकाल्नुपर्यो कि मलाई जमिनमुनी गाड्नुपर्यो नत्र यो कोभिड मबाट नभाग्ने भयो उनले मजाक गरे ।

मेरा बुबा सकारात्मक विचार राख्ने व्यक्ति हुन् । हामी भनिरहन्छौ की उनी कति हदसम्म पोजेटिभ छन् भन्ने कुरा कोभिडलेपनि देखायो । मुजफ्फरका छोरा गोखन कायासनले बताए ।बाबु भन्छन् म रातो लाईटमा रोकिए र त्यहाँभन्दा अघि बढ्न सकेको छैन । यो एक अपवादपनि हुनसक्छ । अझै लामो समय पोजेटिभपनि रहन सक्छन् । प्रोफेसर काग्री ब्यूकले भने । उनी संक्रामक रोग विज्ञ हुन् ।

उदाहारणका लागि ४४१ दिन बिरामी रहेका यी व्यक्तिलाई नै हेर्न सक्ने उनको भनाई छ ।यस्तो त अहिलेसम्म विश्वमा नै नदेखिएको तर भाइरसको कल्चर परीक्षण गर्न नसकिने भएकाले यो भाइरस अहिलेसम्मपनि उनको शरीरमा छ या छैन भन्ने कुरा ठ्याक्कै भन्न नसकिने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस