नयन साउदले सञ्चालन गरेको रेष्टुरेन्टमा यस्तो काम गरेर बस्दा रहेछन तीन जना युवती

कैलाली – धनगढीको रातोपुलस्थित एक रेष्टुरेन्टबाट तीन युवतीको प्रहरीले उद्धार गरेको छ । सञ्चालक नयन साउदले सञ्चालन गरेको टिनटिन नामक रेष्टुरेन्टबाट बन्धक बनाइएका ती युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

प्रनाउ जोशीका अनुसार विशेषगरी डान्सबार तथा रेष्टुरेन्टहरुमा काम गरिरहेका युवतीहरुको विषयमा खोज, अध्ययन गरिरहेको एक समूहमार्फत ती युवतीलाई रेष्टुरेन्ट सञ्चालकले काम गराउने भनेर ल्याएको तर लामो समयदेखि काम गरेको तलब नदिएको, बाहिर जान नदिनेलगायतका क्रियाकलाप गर्दै आएको गुनासो आएपछि प्रहरीले ती युवतीकोे उद्धार गरेको हो ।

उद्धार गरिएका युवती र नियन्त्रणमा लिइएका रेष्टुरेन्ट सञ्चालकसँग प्रारम्भिक बयान लिने काम भइरहेको बताइएको छ । तीनैजना युवती सुदूरपश्चिम प्रदेश बाहिरका रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस