आकृति बनिन् एमाले देशकै कान्छी जिल्ला सदस्य, २५ बर्षमै खुल्ला महिलामा निर्वाचित

बागलुङ- बाग्लुङ् जिल्लाको जिल्ला कमिटि सदस्यमा २५ बर्षीय युवती आकृती भण्डारी सर्वसम्मत निर्वाचित भएकी छन्। बागलुङको गलकोट नगरपालिका–२ निवासी भण्डारी जिल्लाको नबौ अधिवेशनबाट महिला खुल्ला सदस्य पदमा सर्वसम्मत निर्वाचित हुन्।

२० वर्षको उमेरमा एमालेको जनवर्गीय संगठन युवा संघको सदस्यता लिएर आफ्नो राजनीतिक यात्रा सुरु गरेकी भण्डारी पाँच वर्षमै जिल्ला तहको नेतृत्वमा आफूलाई स्थापित गर्न सफल छन्। भण्डारी सम्भवत देशकै कान्छी जिल्ला सदस्य हुन्।

पाँच वर्ष पहिले नेकपा एमालेको जनवर्गीय संगठन युवा संघबाट औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेकी भण्डारी खेलकुद महासंघको केन्द्रीय सदस्य, प्रदेश खेलकुद परिषदको कार्यसमिति सदस्य र पार्टीको जनवर्गीय संगठनमा रहेर हरेक क्रियाकलापमा सक्रिय भूमिका उनले खेलेकी छन्। भण्डारी पार्टीको भित्रका संगठन बाहेक बागलुङ जेसीसको कार्यकारणी उपाध्यक्ष लगायत अन्य विभिन्न सामाजिक संस्थामा रहेर पनि थुप्रै काम गरेकी छन।

जिल्ला सदस्यमा निर्वाचित भएपछी भण्डारीले भनिन् ‘ मलाई बिश्वास गरेर यो जिम्मेवारीमा पुर्याउनु भएको छ , जनताको भावनाको सम्मान गर्ने राजनीतिमा बढ्दो युवा आकर्षणलाई निरास हुन् नदिने मेरो दायित्व हो। नेकपा एमालेमा पनि अब युवाहरुको नेतृत्व खाँचो देखेँ अनि जिल्ला सदस्य बन्ने निधो गरे, सर्वसम्मत नै जिल्ला सदस्यमा निर्वाचित भएँ। उनले अब पार्टी भित्र युवाहरुका मुद्दालाई अगाडि सारेर उनिहरुका मुद्दालाई स्थापित गर्न लाग्ने बताईन।

भण्डारी जिल्ला सदस्य महिला खुल्ला पदमा निर्वाचित भएकी हुन्। एमाले बागलुङको अध्यक्षमा पनि युवा नेता हिरा बहादुर केसी निर्वाचित भएका छन्। केसी सँगै अधिकाशं पदाधिकारी र सदस्यहरु पनि युवा नै निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस