‘पल-समिक्षा’ काण्ड: अडियोले तहल्का मच्चाएपछि पल शाहले लेखे यस्तो स्ट्याटस

नेपाली चलचित्र क्षेत्रका अभिनेता पल शाह पछिल्लो समय विवादको घेराबाट उम्किन सकेका छैनन् । उम्किने त कुरै छाडौ केस झनै जटिल बन्दै गईरहेको अनुमान गर्न सकिन्छ । तिनै अभिनेता शाहको आज जन्मदिन ।

आफ्नो जन्मदिनको शुभकामना एकातिर पाईरहेका छन भने उनिसंग जोडिएको काण्डको क्रिया-प्रतिक्रिया पनि जन्मदिनको शुभकामनासंगै पाईरहेका छन् । गायिका समीक्षा अधिकारीसंगको लफडामा उनको नाम जोडिएको लामो समय भैसक्यो । एकाएक चर्चामा आएको विषय समिक्षाले गलत सावित गर्दै एक स्ट्याटस फेसबुकमा लेखेपछी साम्य भएको थियो ।

तर पछिल्लो समय अधिकारीले सो स्ट्याटस वास्तविकता भन्दा निकै टाढा छ भन्दै अर्को स्ट्याटस लेखेपछी फेरि निभेको आगो बल्न सुरु गर्यो । अहिले शाहले पनि ‘म र मसंग नाम जोडेर प्रकाशित उल्लेखित समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको’ स्ट्याटस पोस्ट गरेका छन् । उनले लामो स्ट्याटस लेख्दै चलेको हल्लालाई गलत सावित गर्न खोजेको बुझ्न सकिन्छ ।

प्रकाशित पछिल्ला समाचारहरुमा आफ्नो भनाई राख्ने मौका नदिएकोमा आम जनमानसमा सत्य उजागर गर्न स्ट्याटस पोस्ट गरेको भनेका छन् । यता सार्बजनिक अडियोमा समिक्षाले चलेको काण्डको सम्पुर्ण नालिवेली भनेकी थिइन् । हेर्नुस् यस्तो छ पल शाहको स्ट्याटस :

प्रतिक्रिया दिनुहोस